प्रताप दासको गित “के भयो र गल्ति मेरो ” मा समिर न्यौपाने र सारिका केसीको मार्मिक अभिनय

0

तुल्सी मिडिया ,पोखरा
बज्र राज अधिकारी

नेपाल आइडल बाट एकाएक चर्चाको सिखरमा पुगेका गायक प्रताप दासको नया मार्मिक गित “के भयो र गल्ति मेरो ” सार्बजनिक भएको छ। जनता फ्लिम र केशव सापकोटाको प्रस्तुतिमा बनेको गीतको लय तथा शब्द प्रशान्त पौडेलको रहेको छ।

उक्त गित “के भयो र गल्ती मेरो ” मा पछिल्लो समय मोडलिङ क्षेत्रमा निरन्तर अघि बढिरहेका र धेरै गितमा अभिनय गरिसकेका समिर न्यौपाने र चर्चित मोडल सारिका केसीको उत्कृष्ट अभिनय रहेको छ। भिडियोमा देखाईएका रमणीय एबम सुन्दर दृश्यले भिडियोलाइ अझ राम्रो बनाएको छ।

बहुचर्चित निर्देशक कपिल लामाले निर्देशन गरेको गितको भिडियो दिपक गिरीले खिचेका हुन् भने प्रविन भट्टले सम्पादन गरेका छन्।
गीतको भिडियो सम्बन्ध क्रिएसनको युटुब च्यानल बाट सार्बजनिक गरिएको छ।

भिडियो हेर्नुहोस :

Leave A Reply

Your email address will not be published.