मेयर आचार्यले गरेको ब्रिज कोर्षको अन्त्य बारे के भन्छन अनेरास्ववियूका नेता ?

तुल्सि मिडिया,पोखरा

गण्डकि प्रदेशको शैक्षिक धरोहर तथा त्रिभुवन विश्वविद्यालय को सबै भन्दा धेरै बिद्यार्थीहरू अध्ययन गर्ने पोखरा स्थित पृथ्वी नारायण क्याम्पस हिजो होस या आज राजनीतिमा नेतृत्व उत्पादनको थलो हो । जुनसुकै राजनैतिक घटनाक्रममा पनि पृथ्वी नारायण क्याम्पस गेटमा के बोलियो भन्ने कुरा सर्वत्र चासोको रूपमा हेरिने कुरा ईतिहासले नै प्रष्ट पारेको छ ।

बिगतमा पृथ्वी नारायण क्याम्पसमा स्वतन्त्र बिद्यार्थी युनियनमा नेतृत्व गरेका वा बिद्यार्थी संगठनमा नेतृत्व गरेका ब्यक्तिहरू बर्तमानमा राष्ट्रिय स्तरमा नेतृत्व गर्दै राजनीतिक , प्रशासनिक तगायत बिभिन्न क्षेत्रमा उदाएका छन । यिनै नेतृत्व मध्य एक २०५२/५३ मा पृथ्वी नारायण क्याम्पसको स्ववियु सभापतिको रूपमा आफ्नो स्वर्णिम कार्यकाल सम्पन्न गर्नु भएको तपाई श्री धनराज आचार्यज्यू पनि हुनुहुन्छ । बिद्यार्थी आन्दोलन बाट सुरूवात भएको हजुरको राजनैतिक यात्रा , स्टेसनरी ब्यावसायी संघ , उद्योग वाणिज्य संघ , लायन्स क्लबको गभर्नर लगायत बिभिन्न सामाजिक संघ सस्थाहरूमा खेलेको भुमिका सगै आज पोखरा जस्तो सुन्दर महानगरपालिकाको प्रमुखको रूपमा पाउनु समग्र बिद्यार्थी राजनीतिको लागि गौरबको कुरा हो ।

म अहिले पृथ्वी नारायण क्याम्पसमा अनेरास्ववियू को अध्यक्ष रहेको छु । यसरी म यस क्याम्पसमा संगठनको तर्फ बाट नेतृत्व गरिरहदा र बिद्यार्थीको रूपमा आफ्नो अध्ययनलाई अगाडी बढाई रहदा, मैले र बिद्यार्थीहरूले भोग्दै आएका समस्याहरू सम्झन्छु । यसरी बिद्यार्थी राजनीति बाटै आफ्नो राजनैतिक मार्गचित्रलाई बलियो बनाएका नेतृत्वहरू , नीति निर्माण र कार्यन्वयनको तहमा पुगिसकेपछाडी एक पटक पनि शिक्षा क्षेत्रका समस्या समाधानमा चासो नदिएको देख्दा नेतृत्वले आफ्नै ईतिहास बिर्सिएको हो कि जस्तो लाग्छ ।

तपाई एक महानगरपालिकाको प्रमुख हुनुहुन्छ । तपाईको मातहतमा कक्षा १२ सम्मका बिद्यालयहरू रहने गर्दछन , केहि समय अगाडी जारी भएको पोखरा महानगरपालीकाको शिक्षा नीतिलाई सरसर्ति हेर्ने अबसर पाए , नीति पढ्दै गर्दा अत्यन्तै खुसी लाग्यो पोखरा महानगर भित्र १० कक्षा पछाडी ब्रिज कोर्ष संचालन गर्न नपाईने ,एक पटक भर्ना लिईसकेपछी पुन भर्ना शुल्क लिन नपाईने , जुन बिद्यालय बाट कक्षा १० उत्तीर्ण गरेको हो कक्षा ११ मा सोही बिद्यालयमा अध्ययन गर्न चाहेमा स्वतह भर्ना हुन पाउने लगायतका थुप्रै आम बिद्यार्थी समुदायको हित हुने खालको नीति देखेर आज केहि शब्द लेख्ने प्रयास गरेको हु ।

पछिल्लो समय शिक्षा ब्यापार बन्न थालेको छ भने बिद्यार्थीहरू समेत किनबेच हुन थालेको छ । यस बेथितीलाई रोक्न हजुर र हजुरको टिमले चाल्नु भएको यस कदमले म र सिंगो अनेरास्ववियूलाई शैक्षिक वेथिती उन्मुलनको पक्षमा उभ्भिने साहस बढेको छ ।शैक्षिक माफियाहरूको गलत कदमलाई रोक्न अनेरास्ववियू सदैब हजुरको साथमा रहेको छ । हामी सधै प्रतिपक्षको भुमिकामा रहेका छौ , महानगरभित्रका हरेक शैक्षिक गतिबिधीहरूमा हामी सधै तपाईको साथमा छौ भने पृथ्वी नारायण क्याम्पस र समग्र त्रि.बि सुधारको लागी पुर्व स्ववियु सभापतिको नाताले हामीलाई हजुरको साथको आबस्यकता छ ।यसरि हजुरले जुन हिसाबले पोखरा महानगरपालिकामा शिक्षाक्षेत्रलाई मजबुत र ब्यबस्थित बनाउदै हुनुहुन्छ निरन्तर अगाडी बढ्दै जानुहोस र उच्च तहको शैक्षिक ब्यबस्थापनमा पनि हामीलाई साथ सहयोग गर्नुहुनेछ भन्ने कुरामा बिश्वस्त छौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *