२९ बर्षमै १४ वटा हिमालको सफल आरोहण गरेेका गुरुङ सम्मानित

तुल्सी मिडिया,पोखरा

हिमाल आरोहणको छोटो समयमा विश्वमा रहेका ८ हजार मिटर अग्ला १४ वटा हिमालहरूको सफल आरोहण गरेका पोखराका तेजन गुरुङलाई पोखरामा सम्मान गरिएको छ ।

पोखरामा क्रियाशील पर्यटन तथा उद्योगका क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थाहरुको आयोजना तथा पोखरा महानगरपालिकासँगको समन्वयमा एक कार्यक्रम गरी आरोही गुरुङलाई सम्मान गरिएको हो । उनलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सम्मान पत्रले सम्मान गर्नुभएको हो ।

गुरुङले २९ वर्षको उमेरमा विश्वका ८ हजार मिटर अग्ला १४ वटा हिमालहरूको सफल आरोहण गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *