बिकृती बिसङ्गती हटाउन दोहोरी गीत प्रतिष्ठान कास्कीले जारी गर्यो विज्ञप्ती

तुल्सी मिडिया,पोखरा

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले अगाडि बढाएको विकृति एवम् विसंगति न्यूनीकरणको अभियानमा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति कास्कीले ऐक्यबद्धता जनाएको छ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कास्कीका अध्यक्ष तुलसी क्षेत्री र का.ब सचिव सुनिल गायकले बिज्ञपति जारी गर्दै सम्पूर्ण पदाधिकारी, सदस्यहरुलाई लोकदोहोरी गीतको प्रस्तुतिलाई मर्यादित बनाउन , मात्रृसंगीतको रुपमा हामीले अंगीकार गरेको लोक तथा दोहोरीगीतलाई सभ्य, शिष्ट र मर्यादित रुपमा प्रस्तुत गरि जिम्मेवार कलाकारको भूमिका निर्वाह गरिदिनुहुन सम्बन्धित सबैमा आग्रह गर्नु भएको छ।

पछिल्लो समय लोक दोहोरी क्षेत्रमा बिकृति ,बिसङ्गती भित्राउदै कलाकारहरुले असभ्य र अमर्यादित शब्द प्रयोग गर्दै गित गाउन थाले पछि समाजमा नकारात्मक प्रभाव परेको भन्दै बिकृती न्यूनीकरण गर्न दोहोरी गित प्रतीष्ठानले अभियान चलाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *