बिदा होस या साँझको समय ४५% विद्यार्थी परिचय पत्र छुट अनिवार्य

तुल्सि मिडिया,पोखरा

चाहे बिदा होस या साँझको समय विद्यार्थीहरुले परिचय पत्रको आधारमा पाउने ४५% छुट अनिवार्य हुनु पर्ने भन्दै अनेरास्ववियू जिल्ला कमिटि कास्कीले अभियान चलाएको छ।

अनेरास्ववियू कास्कीका संयोजक होम तामाङले माननिय भौतिक पुर्बाधार बिकास तथा यातायात ब्यबस्था मन्त्री राजिब गुरुङ लाइ ध्यानाकर्षण गराउदै जिल्ला ट्राफिक प्रहरी कार्यलय कास्की सङ्ग सहकार्य गरेर खबरदारी अभियान सन्चालन गरेको बताउनु भयो।
अनेरास्ववियू कास्कीका इन्चार्ज सुरज अधिकारी “बज्रराज”ले विद्यार्थी परिचय पत्रको आधारमा ४५% भाडा छुट पाउने अधिकार लाइ अनेरास्ववियूको एतेहासिक उप्लब्धि बताउदै यसलाई पुर्ण रुपमा कार्वान्वयन गर्न आफुहरुले अनुगमन एबम आन्दोलनका कार्यक्रम ल्याउन लागेको बताउनु भयो।।।
केहि यातायात व्यावसायिहरुले बिदाको दिनमा र साँझको समय बिद्यार्थी परिचय पत्रको आधारमा छुट नदिएको विद्यार्थी गुनासो आए संगै अनेरास्ववियू पोखरा महानगर अध्यक्ष संगम आचार्य र अनेरास्ववियू पृथ्वीनारायण क्याम्पसका अध्यक्ष सन्तोष पौडेलले यो अभियान कास्की जिल्ला ,महानगर,पालिका र क्याम्पस सम्म सचेतनाका कार्यक्रम सहित चलाउने उद्घघोष गर्नु भयो।

पोखरा महानगरपालिका नगर युवा परिषद वडा न.१ का संयोजक एबम युवा नेता आदिम ध्वज श्रेष्ठले बिद्यार्थीले पाउने अधिकार सस्थागत गर्ने यो अभियान अत्यन्तै उत्कृष्ट रहेको भन्दै युवाहरुले पुर्ण रुपमा साथ दिने र राज्यका हरेक नियम र कानुन कडा रुपमा लागु गराउनु आफुहरुले दबाब र जागरणको अभियान चलाउने बताउनु भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *