अनेरास्ववियू कास्की जिल्ला कमिटी द्वारा ध्यानाकर्षण

तुल्सि मिडिया,पोखरा २०८१/२/०७

बिद्यार्थी परिचय पत्रका आधारमा दिईने ४५% छुट केहि सवारी साधन हरूमा राती ६ः०० बजे पछाडी र शनिबारको दिन नपाएको आम बिद्यार्थीहरूको गुनासो आएपछि ,अनेरास्ववियू कास्की जिल्ला कमिटीले भौतिक पुर्वाधार बिकास तथा यातायात ब्यबस्था मन्त्री माननिय राजिब गुरूगं ज्यू लाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

अनेरास्ववियू कास्की जिल्ला कमिटी ईन्चार्ज सुरज अधिकारी “बज्रराज”, अनेरास्ववियू कास्की जिल्ला कमिटी संयोजक होम तामागं , पोखरा महानगर कमिटी अध्यक्ष संगम आचार्य , पृथ्वी नारायण क्याम्पस कमिटी अध्यक्ष सन्तोष पौडेल लगायत अनेरास्ववियूका नेताहरूको उपश्थितीमा पत्र बुझाईएको थियो । पत्रमा बिद्यार्थी परिचय पत्रको आधारमा ४५% छुट प्रदान नगर्ने सवारीहरूलाई तत्कालै कारवाहीको दायरामा ल्याउन जोडदार गरिएको अनेरास्ववियू कास्की जिल्लाका संयोजक होम तामागंले जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *