मलाइ छोडी अर्कै हेर्छौ थाहा थिएन -गजल

तुल्सी मिडिया ,पोखरा

गजल:

सँगै हिडेको बाटो फेर्छौ थाहा थिएन!
मलाई छोडी अर्कै हेर्छौ थाहा थिएन!!

मायाँले मुटुको पानामा लेखेको नाम,
बिछोडको कलमले केर्छौ थाहा थिएन!!

परेको छ पिर कसैलाई छोडि जाँदा,
अझैँ बढी दुःखले घेर्छौ थाहा थिएन!!

सँगै जिउने मर्ने बाचा कसम भुलेर नै,
पराईलाई अंगालोमा बेर्छौ थाहा थिएन!!

लाखौं कोसिस गर्दासम्म सम्हाल्न गाह्रो,
तिमी कसरी अरुलाई टेर्छौ थाहा थिएन!!!

  • सुमन भट्टराई

Leave a Reply

Your email address will not be published. Required fields are marked *