स्थानीय तह कार्य सम्पादनमा पोखरा महानगर उत्कृष्ट

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आ.व २०७९/०८० मा स्थानीय तह कार्य सम्पादन मूल्याङ्कनमा पोखरा महानगरपालिकाले उत्कृष्ट अङ्क प्राप्त गरेको छ । आयोगले मङ्गलवार सार्वजनिक गरेको अन्तिम नतिजा अनुसार पोखरा महानगरपालिकाले ६२.७४ अङ्क प्राप्त गरेको हो ।

यस अघि आयोगले सार्वजनिक गरेको प्रारम्भिक नतिजामा विवरणहरू अद्यावधिकको समस्याका कारण अवस्था कमजोर देखिन पुगेको थियो । आयोगले दिएको समय सीमा भित्र महानगरपालिकाले सम्पादन गरेका कार्यहरू अद्यावधिक भएपछि नतिजामा उल्लेख्य प्रगति भएको छ ।

यस्तै स्थानीय तह संस्थागत क्षमता मूल्याङ्कनमा पनि पोखरा महानगरपालिकाले ८५.५ अङ्क प्राप्त गरेको छ भने, स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा ६० अङ्क प्राप्त गरेको छ ।

नतिजा हेर्नका लागि
https://nnrfc.gov.np/
https://lisa.mofaga.gov.np/
https://fra.mofaga.gov.np/

Leave a Reply

Your email address will not be published. Required fields are marked *