पोखरा बिश्वविद्यालयको समस्या तत्काल समाधान गर्न अनेरास्ववियूको माग

तुल्सि मिडिया

पोखरा बिश्वाबिधालयको समस्या तत्काल समाधान गर्न अनेरास्ववियू केन्द्रिय क्याम्पस कमिटीको ध्यानाकर्षण

अनेरास्ववियू पोखरा बिश्वविद्यालय केन्द्रिय क्याम्पस कमिटीले पोखरा बिश्वबिधालय प्रशासन र परिक्षा नियन्त्रण कार्यालयको बिकृती ,बिसङ्गती बिरुद्ध विभिन्न मागहरु राख्दै ध्यानाकर्षण गराएको छ।
अनेरास्ववियू पोखरा बिश्वविद्यालय केन्द्रिय क्याम्पस कमिटीका कार्यबहाक अध्यक्ष सुमन सुवेदीले परिक्षा नियन्त्रण कार्यलयमा देखा परेका समस्या समाधान गर्न र परिक्षा मर्यादित बनाउन गम्भिर भएर लाग्नु पर्ने भन्दै बिज्ञप्ती मार्फत बताए।
अनेरास्ववियू कास्कीका इन्चार्ज एबम नेकपा एस पोखरा महानगरका सचिव सुरज अधिकारी”बज्रराज” ले पोखरा बिश्वविद्यालयका विभिन्न समस्याहरुको बारेमा बताउदै तत्काल सबै खाले समस्या र बिक्रितिको समाधान गरिएन भने थप आन्दोलनका कार्यक्रम सहित आँधिबेरी ल्याउने घोषणा गरे।
उक्त कार्यक्रममा विद्यार्थी नेताहरु अनेरास्ववियू कास्कीका संयोजक होम तामाङ ,अनेरास्ववियू पोखरा बिश्वविद्यालयका सहसचिव बिजय सुवेदी,जिल्ला कमिटी सदस्य अबिक ओझा,अनुप खड्का ,युवा नेता सरोज जङ्ग ठकुरी लगाएतको उपस्थिती रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *