शिक्षा निति पुर्ण रुपमा लागु गर्न अनेरास्ववियू कास्कीको ध्यानाकर्षण

शिक्षा निति पुर्ण रुपमा लागु गर्न अनेरास्ववियू कास्कीको ध्यानाकर्षण

अनेरास्ववियू जिल्ला कमिटी कास्कीले पोखरा महानगर ,शिक्षा महाशाखा ,शिक्षा विकास तथा समन्वय इकाइ कास्कीले लागु गरेको शिक्षा नितिलाइ पुर्ण रुपमा कार्यन्वयन गर्न सम्बन्धित सम्पुर्ण शैक्षिक संस्थालाइ ध्यानाकर्षण गराएको छ ।

अनेरास्ववियू कास्कीका इन्चार्ज सुरज अधिकारी “बज्र” र संयोजक होम तामाङले बिज्ञप्ति जारी गर्दै नेपाल सरकारले हाल शैक्षिक सत्र २०८० देखि विद्यालय तहको कक्षा १ देखि १२ सम्म नयाँ पाठ्यक्रम कार्यान्वयन भइरहेको जानकारी गराउँदै कक्षा १-८ सम्म आधारभुत तह र ९-१२ सम्म माध्यमिक तह भएकोले कक्षा १० र ११ नियमित बिधालयका कक्षाहरु भएको ,यसका लागी छुट्टै तयारी को्र्ष आवस्यक नपर्ने भएकोले बृजकोर्ष ,नर्सिङ ,फार्मेसी एबम चैत मसान्तसम्म विद्यार्थी भर्ना लागयतका नाममा एसइइ परिक्षा केन्द्र बाहिर तथा विभिन्न विद्यालयहरुमा पुगेर पर्चा,पम्पलेट सहित प्रचार प्रसार गर्ने कार्य र विद्यार्थी लाइ अन्यौलता ,दुबिधा र तनाब सृजना हुने गरि कुनै पनि क्रियाकलाप नगर्न ध्यानाकर्षण गराएका छ्न । यदि कतै यस्तो कार्य गरेको भेटिएमा अनेरास्ववियू थप आन्दोलनका कार्यक्रम सहित प्रस्तुत हुने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *