दोस्रो पटक गाबु डाँडा, विरुवा स्याङ्गजाका भू.पू.हरु द्धारा राहत वितरण

0

हुम बहादुर च्हाक्ली तमु,
२४ भाद्रा २०७७ पोखरा ।

स्याङ्जा विरुवा गाउँपालिका–२, गाबु डाँडा घर भई हाल पोखरा बसोबोस् गर्नेहरूलाई बुधबार रहात बितरण गरिएको छ । अध्ययन र रोजगारको शिलशिलामा पोखरामा रहि रोजगारी गुमाएका तथा आर्थिक अवस्था कम्जोर भएकाहरुलाई मध्य नजर गरी रहात बितरण गरिएको हो । बिपन्न र आय आम्दानी न्यून भएकाहरू मध्य जम्मा २३ जनालाई एक/एक बोरा चावल, एक एक केजी नुन र दाल तथा १ लिटर खाने तेल बितरण गरिएको थियो । पोखरा-१०, मिलनटोल निवासी डिल बहादुर गुरुङको संयोजकत्व रहात बितरण टोली बनेको थियो ।


गाबुडाँडामा जन्मिएर र हुर्किएर युके र ईन्डियन आर्मीमा भर्ति भई रिटायर्ड हुनुभएका भूपूहरू र हाल सेवामै रहेकाहरूले रहात कार्यक्रममा आर्थिक सहयोग गर्नुभएको थियो । गाउंदेखि पोखरासम्म बसोबास् गर्ने गाउँबासीहरूलाई जोड्न र कोरोना कहरबाट पिडामा रहेका बिपन्न गाउँबासीहरूलाई केहि सहायता पुगोस् भन्ने हेतुले रहात बितरण कार्यक्रम गरिएको संयोजक डिलबहदुर गुरुङ्गले जानकारी दिनुभयो ।

एकहप्ता अगाडी मात्रै यहि टोलीले गाबूडाँडा गाउँमै पुगी ३७ घरधुरीलाई रहात बितरण गरेको थियो । ३७ घरधुरी गाउँ र २३ घरधुरी पोखरामा गरी ६० घरधुरीलाई टोलीले रहात बितरण गरेको छ । रहात प्राप्त गरेकाहरु मध्ये विष्णु प्रसाद गुरुङ्गले सम्पूर्ण सहयोगी मनहरुलाई धन्यवाद दिनुभयाे । कार्यक्रम गाबु झागडी सम्पर्क मञ्च र कमल चक्र युवा क्लबको आयोजनामा भएको थियो भने सहजीकरण राष्ट्रिय युवा संघ स्याङ्जा जिल्ला संयोजक थमन गुरूंग्ले गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.