रास्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कास्कीको अध्यक्षमा टेक क्षेत्री
तुल्सी मिडिया,
पोखरा
रास्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति कास्कीको ७ औं अधिबेसन तथा १८ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।अधिवेशनले अध्यक्ष टेक क्षेत्रीको अध्यक्षतामा नया कार्य समिती गठन गरेको छ ।
टेक क्षेत्रीको अध्यक्षतामा गठन भएको नयाँ कार्यसमितीमा उपाध्यक्षमा ज्ञानेश्वर सुवेदी, द्धितिय उपाध्यक्षमा तुलसा क्षेत्री, महिला उपाध्यक्षमा जुना क्षेत्री, सचिवमा माधव चापागाई र सह–सचिवमा
मधु चापागाई चयन भएका छन् भने कोषाध्यक्षमा सबिना गुरुङ, सह–कोषाध्यक्षमा रिता कुँवर, प्रवक्तामा परशुराम अधिकारी चयन भएका छन् र कार्यसमितीको सदस्यमा गोविन्द कोइराला, दिपक अधिकारी, सुनिल गायक, दुर्गा क्षेत्री, प्रकाश बराल, नारायण सुनार, नवराज अधिकारी, दिवकर भण्डारी, बिनोद विश्वकर्मा, गंगा त्रिपाठी र सुरशे भुर्तेल छानिएका छन् ।
कार्यक्रममा रास्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका बर्तमान अध्यक्ष पूर्व अध्यक्षहरु लागायत अग्रज कलाकारहरुको उपस्थिति रहेको थियो ।कार्यक्रममा प्रतिष्ठान कास्कीका संस्थापक अध्यक्ष तारापति सुवेदी, पुर्व अध्यक्षहरु पदम गुरुङ्ग, जीवन दाहाल, केशव देवकोटा र शिवहरि ढुंगानालाई सम्मान गरिएको थियो साथै अग्रज गायक बाला अधिकारी र उच्चतम शैक्षिक योग्यता हाँसिल गर्ने कलाकार ज्ञानेश्वर सुवेदीलाई सम्मान गरिएको थियो ।