भीआइए तथा स्वास्थ्य परिक्षण कार्यक्रम पोखरामा सम्पन्न

0

पोखरा , जेठ १७ । नेपाल अर्बुद रोग निवारण संस्था कास्की शाखाको आयोजना र पोखरा महानगरपालिका वडा नं ९ को आर्थिक सहयोग र पस्चिमान्चल सामुदायिक अस्पताल पृथ्बी चोकको प्राबिधिक सहयोगमा आज भी आइ ए तथा स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न भएको छ ।वडा ९ का वडा अध्यक्ष रामराज लामिछानेले भीआइए परिक्षणले अबको दश बर्ष सम्म पाठेघरको मुखको क्यान्सरको बारेमा जानकारी लिन सकिने भएकोले अत्यन्तै महत्वपूर्ण रहेको बताउनुभयो ।यो कार्यक्रम ले महिलाहरुमा स्वास्थ्य सम्बन्धि जानकारी लिन जागरुकता थप्ने पस्चिमान्चल सामुदायिक अस्पताल संचालक समितिका अध्यक्ष हरि प्रसाद पाण्डेले  बताउनुभयो।कार्यक्रममा  नेपाल अर्बुद रोग निवारण संस्था नेपालका सदस्य दिनेश कुमार श्रेष्ठ ,मिस नेवा पोखराका बिजेता एलिसा जोशी लगायतले बोलेका थिए।प्रमुख कार्यक्रम संयोजक तथा निबर्तमान सभापति राम प्रसाद बस्ताकोटीले स्वागत गरेको कार्यक्रममा राम चन्द्र थापाको अध्यक्षता र संचालन  महासचिब नारायण पराजुली ले गरेका थिए ।करिब ३०० जनाको भी आइए जांच गरिएको छ ।

Leave A Reply

Your email address will not be published.