करेन्ट लागेर एकको मृत्यु, एक गम्भीर घाइते
तुल्सी मिडिया
पोखरा
गुल्मीको मालिका गाउँपालिका–६ मा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ भने एक युवती गम्भीर घाइते भएकी छिन् ।
मृत्यु हनुेमा मालिका गाउँपालिका –१ नेटाकी अन्दाजी १८ वर्षीया विनिता रसाइली र घाइते हुनेमा सोही ठाउँकी अन्दाजी १९ वर्षीया जुना विश्वकर्मा रहेकी छिन् ।
अर्जोइमा रहेको माध्यमिक विद्यालयबाट कक्षा ११ को परीक्षा दिएर फर्किएका उनीहरुलाई छापाईलीको रंग भन्ने स्थानमा करेन्ट लागेको मालिका गाउँपालिकाका प्रवक्ता शोभाकर गिरीले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका एसपी कुमार बस्नेतले एकको मृत्यु भएको र एक युवती गम्भीर घाइते भएको पुष्टि गरे । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।