चैतेदशैं पोखरा बुढिबजारमा भलिबल

0

२०७५ चैत्र २२ पोखरा
हुम बहादुर च्हाक्ली तमु (Hum Gurung)
स्याङ्गजाली तमु समाज पोखरा महानगरपालिका–२६, बुढिबजारले चैते दशैको पावन अवसरमा दोस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता तथा साँस्कृतिक कार्यक्रम २०७५ आयोजना गरिने भएकाने छ । गण्डकी प्रदेश पोखरा र यसमा रहेको विभिन्न ताल तलैया एवं प्राकृतिक सौन्दर्यले भरिएको पोखरा महानगरपालिका–२६, बुढिबजारमा अवस्थित स्याङ्गजाली तमु समाजले आफ्नो पहिचानलाई छुट्टै स्थापित गराईसकेको छ । २०५६ सालमा तमु प्येल्हु संघमा आवद्ध यस स्याङ्गजाली तमु समाजका तमुको पहिचा, भाषा, बोन धर्म, संस्कार संस्कृति, परम्परा कलालाई निरन्तरता दिदै आईरहेको छ । गत वर्ष झै यस वर्ष पनि यस तमु समाजका युवाहरुले राष्ट्रिय खेल भलिबललाई निरन्तरता दिईनेभएको छ । जसका कारण यस क्षेत्रमा रहेका युवा पुष्ताहरुमा खाली समयको सदुपयो तथा युवाहरुमा नेतृत्वको विकास, खेलकुदको माध्यमबाट युव एकता र त्यस क्षेत्रमा रहेको महत्वपूर्ण बस्तुहरुको पहिचान गराउनु रहेको छ । यस क्षेत्रमा रहेको प्राकृतिक सुन्दर तालहरु, भुगोल आदी विभिन्न ठाउँहरको पर्यटक प्रबद्र्धनमा टेवा पु¥याउनु उद्देश्य रहेको छ ।
२०७५ चैत्र २८ गते देखि ३० गते सम्म चल्नेछ । प्रतियोगितामा खुल्ला पुरुष भलिबल तर्फ प्रथम, द्धित्तिय, तृतिय क्रमस पुरस्कार ५००००, ३०००० र ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिनेछ भने प्रतियोगितामा सर्वाेउत्कृष्त, बेष्ट प्लेयर, बेष्ट स्पाईकर, बेष्ट सेटर आदिलाई ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिने छ । साथै अन्य प्रतियोगितामा आकर्षक पुरष्कारको व्यवस्था गरिएको छ भने स्थानिय कलाकारहरुको नृत्य पनि प्रस्तु गरिने छ । प्रतियोगिताका लागी आवश्य सम्पूर्ण तयारीहरु भईरहेको जानकारी संयोजक श्री विरधन गुरुङ्गज्युले जानकारी गराउनुभएको छ ।

Leave A Reply

Your email address will not be published.