परियार सेवा समाज कास्कीको शुभकामना सांगीतिक कार्यक्रम
फाल्गुण २६, पोखरा
हुम बहादुर च्हाक्ली तमु (Hum Gurung)
स्थापना कालदेखी नै विभिन्न सामाजिक क्रियाकलामा संलग्न रहदै आएकोे परियार सेवा समाज कास्कीले कला संगत नेपाल केन्द्रिय समिति संग सहकार्य गरि २०७५चैत्र २३ गते सभागृहमा शुभकामना सांगीतिक कार्यक्रम गर्ने भएको छ । नेपाली कला संस्कृति हाम्रो पहिचान, नौमति बाज संरक्षण प्रबद्र्धन हाम्रो अभियान भन्ने मुल उद्देश्यका साथ कार्यक्रम आयोजन गर्न लागिएको पत्रकार सम्मेल गरि जानकारी गराउनुभएको छ ।
प्रतिभाको पहिचान, सम्मान, संरक्षण एवं प्रबद्र्धन गर्दै कलाप्रेमीको रुचीलाई ध्यानमा राख्दै यो कार्यैक्रम गर्न लागिएको हो । लोपोनमुख अवस्थामा रहेको राष्ट्रिको पहिचान नौमति बाजको संरक्षण सम्बद्र्धन गर्न कार्यक्रमको मुखय उद्देश्य हो । नव प्रतिभाहरुलाई हौसला प्रदन गर्दै राष्ट्रियस्तरको कलारकाको रुपमा स्थापित गर्न सहयोग गर्नु, प्रदेश र जिल्लाभित्र रहेका विधि सांस्कृतिक भिन्नतालाई एकरुपता दिदै नजिक जोड्ने प्रयास गर्नु, लोप हुन लागेका विभिनन जातीय तथा सांस्कृतिक पहिचानहरुको संरक्षण गर्न पनि कार्यक्रको उद्देश्य रहेको छ । कार्यक्रममा गायन संगै नृत्यका प्रस्तुति पनि रहनेछ । परियार समुदायको संस्कृति जोगाउन प्रतिष्ठान गठन गरी अघि बढ्नु समाजको ध्येय हो । कार्यक्रममा रष्ट्रिय स्तरमा ख्याती प्राप्त विभिन्न चर्चित कलाकारहरुका साथै स्थानिय कलाकारहरुको प्रस्तुती रहनेछ ।
कार्यक्रम अघि अतिथी कलारकारलाई परियार समुदायको लपुख्यौली संस्कृति नौमति तथा पञ्चेपाबजाले स्वागत गरिनेछ ।
कार्यक्रम सञ्चालनका लागि टिकटको व्यवस्था गरिएको छ