राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लियो

0

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।बुधबार राजपाको केन्द्रीय कार्यालय बबरमहलमा बसेको अध्यक्षमन्डलको आकस्मिक बैठकले बुधबारैदेखि सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

सरकारको एकवर्षे कार्यकाल पूर्णरुपमा असफल रहेको ठहर गर्दै राजपाले सरकारलाई समर्थन दिइरहनुको औचित्य नरहेको निर्णय गरेको हो ।कैलाली जिल्ला अदालतले बुधबारै राजपा सांसद रेशम चौधरीलगायतलाई टीकापुर घटनामा दोषी ठहर गर्दै आजीवन कारावासको फैसला गरेको सम्बन्धमा पार्टी स्तब्ध र मर्माहत भएको राजपाले जनाएको छ ।

अध्यक्षमन्डलका सदस्य राजेन्द्र महतोले सरकारले आफना मागहरुप्रति पटक–पटक धोका दिएको भन्दै अब राष्ट्रियस्तरमा आन्दोलनको तयारी गर्ने चेतावनी दिए ।राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिनुमा रेशम चौधरी दोषी ठहर हुनुमा कुनै तालमेल नभएको जनाएको छ ।

Leave A Reply

Your email address will not be published.