तल्लो मोचाबारीमा क्लब स्तरिय पुरुष भलिबल प्रतियोगिता

0

हुम बहादुर च्हाक्ली तमु
फाल्गु–४, पोखर,
स्याङ्गजाको विरुवा गाउँपालिका वडा नं १ तल्लो मोचाबारी (पिपलबोट) मा श्री इन्द्रेणी युवा क्लबको १८औं बार्षिकोत्सव तथा प्रजातन्त्र दिवसको उपलक्षमा आयोजिते क्लब स्तरिय पुरुष भलिबल प्रतियोगिता २०७५ तथा विविध संस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । स्थानीय स्तरमा लुकेर रहेको प्रतिभाहरुलाई प्रस्फोटन गराउने मुख्य उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको छ । युवाहरुलाई विभिन्न क्रियाकलापहरुद्धारा व्यक्रित्व विकास गर्ने, गाउको पहिचान, संस्कार संस्कृतिहरुलाई संरक्षण गर्नु रहेकोछ ।
फाल्गुण ७ गतेदेखी सुरु हुने उक्त प्रतियोगितामा प्रथम पुरस्कार क्रमस रु ४५, ३५, १८, १० हजार शिल्ड, मेडल, प्रमाण–पत्र, रहेको छ । साथै चर्चित डान्स र स्थानिय स्तरका कलाकारहरुको संस्कृतिक तथा मनोरन्जनात्मक कार्यक्रम रहनेछ । प्रतियोगिताको सम्पूर्ण तयारीहरु तिब्र गतिमा भईरहेको जानकारी क्लबका सदस्य दिपेश थापा गराउनुभएको छ ।

Leave A Reply

Your email address will not be published.