बलिउडकी ५ टप अभिनेत्री, जसले अभिनय भन्दा पहिले रोजे बिहे

0

पोखरा ,-भन्ने गरिन्छ, अभिनेत्रीको करियर बिबाहपछि ओरालो लाग्छ वा सकिन्छ । तर बलिउडका केही त्यस्ता अभिनेत्री छन्, जो बिहेपछि थप चम्किए । आज हामी बलिउडका ५ टप  अभिनेत्रीबारे चर्चा गर्दैछौं, जो बिबाह पछि अभिनयमा आउनुका साथै चर्चा र सफलता दुबै हासिल  गरे । 

चित्रांगदा सिंह 
अभिनेत्री चित्रांगदा सिंहले २००३ मा फिल्म ‘हजार ख्पाहिशे’ बाट बलिउडमा डेब्यू गरेकी हुन् । उनको नाम अहिले बलिउडका सफल अभिनेत्री सूचीमा देख्न सकिन्छ । अभिनयमा डेब्यु पहिले उनले २००१ मा गोल्फा ज्योति सिंहसँग विवाह गरेकी थिइन् ।

मल्लिका शेरावत 
बलिउडमा मल्लिका शेरावतलाई यसै नामले चिनिन्छ । यो उनको बलिउड नाम हो । उनको बास्तविक नाम रिना लाम्बा हो । उनले अभिनयमा डेब्यू भन्दा पहिले करण सिंह गिलसँग बिबाह गरेकी थिइन् ।

सन्नी लियोनी 
एडल्ट स्टारबाट बलिउडस्टार बन्दासम्म सन्नीको जीवनमा निकै उतार चढाव आयो । उनको पनि एडल्ट फिल्म अभिनय समयमा डेनियल वेबरसँग बिबाह भएको थियो ।

अदिति राव हैदरी 
बलिउडकी सुन्दर तथा शाही खानदानबाट भित्रिएकी अभिनेत्री हुन् अदिति राव । उनको पनि बलिउड डेब्यू पहिले बिवाह भएको थियो । २००८ बाट बलिउड फिल्ममा डेब्यु गरेकी रावले २००६ मा सत्यदीप मिश्रासँग बिवाह गरेकी थिइन् । अहिले भने डिभोर्स भैसकेको छ ।

माही गिल 
माही गिल पनि बिबाहपछि बलिउड डेब्यू गर्ने अभिनेत्री हुन् । उनको असली नाम रिम्पी कोर हो । बलिउड अभिनयका लागि उनले आफ्नो नाम परिवर्तन गरेर माही गिल राखेकी थिइन् । 

Leave A Reply

Your email address will not be published.