लनटेनिसको महिलातर्फ डबल्समा जित हात पार्दै अन्तिम १६ मा नेपाल प्रवेश

0

काठमाडौं, ४ भदौ । लनटेनिस अन्र्तगत महिलातर्फको डबल्समा भने नेपालले जित हात पार्दै अन्तिम १६ मा प्रवेशमा गरेको छ । नेपालका दिदीबहिनीको जोडी माहिका राणा र मायाका राणाले माल्द्धिभ्सका माहिर र जैनाको जोडिलाई दुई शुन्यको सेटमा पराजित गरे । नेपालले पहिलो सेटमा ६–४ र दोस्रो सेटमा ६–१ ले जित निकालेको थियो । तर पुरुष एकलमा नेपालका दुई खेलाडी पराजित भएका छन् ।

नेपालका सरक्षक भुषण बज्राचार्य र अभिसेक बास्तोला पहिलो चरणमा नै पराजित भएका हुन् । सरक्षक भुषण घरेलु टोली आयोजक ईन्डोनेसियाका खेलाडीसंग दुई शुन्यको सोझो सेटमा पराजित भए । त्यस्तै अभिषेक भियतनामका खेलाडीसंग दुई एकको सेटमा पराजित भएका हुन् ।

उता साईक्लिङमा पनि नेपाल पराजित भएको छ । सोमबार रै भएको साईक्लिङमा नेपालका राजेश मगर डाउनहिल स्पर्धामा सातौ स्थानमा रहे । सोही स्पर्धामा भारतले स्वर्ण पदक जित्दा, चाईनिज ताईपोईले रजत र थाईल्याण्डले कास्य पदक जित्यो ।

Leave A Reply

Your email address will not be published.