पोखरा उपत्यका वृहत सफाई अभियानका अभियान्तहरु घान्द्रुकमा

0

2075 वैशाख, ३
 पोखरा

पोखरा उपत्यका वृहत सफाई अभियानका सामाजिक अभियान्तहरु शनिवार पर्यटकीय गाउ घान्द्रुक पुगेका छन् । अभियान्ताहरु सात सय घान्द्रुकबासीको आस्थाको केन्द्र मुगल बराह मौलाकोट मन्दिरको पुजामा सरिक हुन् त्यहाँ पुगेका हुन् । उनीहरुलाई मन्दिर पुन निर्माण समितिका संयोजक टेक बहादुर गुरुङ र नया सडक टोल सुधार समितिका अध्यक्ष नन्द कुमारी गुरुङको विशेष निमन्त्रणा रहेको थियो । पोखरा उपत्यका वृहत सफाई अभियानका मुख्य अभियान्ता तथा पोखरा ९ का वडासचिव लोक दर्शन कोइरालाको नेतृत्वमा ८ जनाको टोली घान्द्रुक पुगेका हुन् । जसमा वडा ९ का महिला वडासदस्य राममाया मानन्धर, सामाजिक अभियान्ता शशी तुलाचन, प्राध्यापक इन्द्रकमल मानन्धर, संचारकर्मी खिमा गुरुङ, सामाजिक अभियान्ताहरु सन्तोष आले, सिता खवास र खरी माया  कोइराला रहेका थिए  ।कार्यक्रममा सहभागीहरुको तर्फबाट वडा सदस्य मानन्धरले मन्तव्य राखेकी थिइन् । आयोजकले पोखरा उपत्यका वृहत सफाई अभियानले निरन्तर सफाई गरि जनमानसमा जनचेतना र जनजागरण गराएको भन्दै अभियानका अभिभावक शशी तुलाचनलाई, मन्दिर पुन निर्माणको कार्यमा विशेष सहयोग गरे वापत वडा सचिव लोक दर्शन कोइरालालाई र कार्यक्रम सफल पार्न सहयोग गरेकोमा संचारकर्मी खिमा गुरुङलाई सम्मान गरिएको थियो ।झन्डै ४० लाख लागतमा पुन निर्माण पछी मन्दिरको रुप फेरिएको छ । २ सय जना भन्दा बढी चन्दादाताहरुको सहयोगमा र पुर्खादेखि पुज्दै आएको मौलाकोट सभ्यता जोगाइ राख्न पुन निर्माण गरिएको संयोजक गुरुङले बताउनु भयो ।


Leave A Reply

Your email address will not be published.