बयरघारीको पुरुष भलिबल उपाधी बालकन्य बिरुवालाई

0

आँधीखोला पिस युथ क्लब बयरघारी भीरकोट स्याङ्जाद्धारा सञ्चालित सर्वाधि धन राशीको पुरुष भलिबल प्रतियोगिताको उपाधि बालकन्या युवा क्लब बिरुवाले हात पारेको छ । बिरुवाले आयोजक आँधीखोला पिस युथ क्लबको सेतो समुहलाई पराजित गर्दै उपाधि जित्न सफल भएको हो ।
पराजयसंगै आयोजक आँधीखोला सेतोले द्धितिय स्थानमा चित्त बुझाउनुपरेको छ । क्लबले यही १७ गतेबाट तेस्रो बयरघारी रमाईलो मेलामा भलिबल प्रतियोगिताको आयोजना गरेको हो । यद्यपी रमाईलो मेला सोमबार समापन गरिएपनि भलिबल प्रतियोगिता भने मंगलबार समापन गरिएको हो । त्यस्तै सम्झना युवाक्लब बलेउ तृतिय र आयोजक आँधीखोला पिस युथकै निलो समुह सान्त्वना भएका छन् ।
भलिबल प्रतियोगिताका विजेता तथा उपविजेता टिमलाई भीरकोट नगरप्रमुख छायराम खनाल, उपप्रमुख सिमा केसीकर्माचार्य, नगरप्रवक्ता दिपेन्द्र केसि र आयोजक क्लबका अध्यक्ष राजकुमार गुरुङले संयुक्त रुपमा पुरस्कार वितरण गर्नुभएको थियो । प्रतियोगितामा विजेता विरुवाले १ लाख चाँदीको रनिङ शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरे भने द्धितिय, तृतिय र सान्त्वना हुनेले क्रमशः ५० हजार, ३० हजार, १५ हजार नगदसहित शिल्ड, मेडल र प्रमाण–पत्र प्राप्त गरेका छन् ।
त्यस्तै प्रतियोगिता अवधिभरमा बालकन्या युवाक्लब विरुवाका बिजू राना बेष्ट लिफ्टर, सम्झना युवाक्लब बलेउका दल गुरुङ बेष्ट स्पाईकर, आयोजक आँधीखोला पिसका विष्णु गुरुङ बेष्ट ब्लकर, सम्झना बलेउका जित गुरुङ बेष्ट डिफेण्डर र बालकन्या विरुवाकै सन्दिप खड्का बेष्ट प्लेयर घोषित हुनुभयो । उहाँहरुले ट्रफि र प्रमाणपत्र प्राप्त गर्नुभउको छ । प्रतियोगितामा ३६ टिमको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.