सिडियो निवासमै डोरो बान्ने क्रममा पत्रकारलाई जातिय विभेद

0

गुल्मी । गुल्मीको सदरमुकाम तम्घासमा दलित समुदायका पत्रकार एवं न्युज–२४ टेलिभिजनका टिभि जर्नालिष्ट प्रेम सुनारलाई जनैपुर्णीमाको डोरो बान्ने क्रममा व्राम्हणले विभेद गरेका छन ।

समाचारका लागि गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्यालको निवासमा पुगेका सुनारलाई तम्घास भुजेलखर्कका पण्डित पर्शुराम पन्थीले अलग्गै डोरो दिएर विभेद गरेका हुन । उनले विभेद गरे पनि अपमान हुने ठानेर सिडियो कै सामु सुनारले आफैले डोरो बानेका थिए ।

सिडियो बैठक कक्षमा आउन साथ सिडियो कै सामु समाजको विभेद स्पष्ट पार्ने उद्देश्यले कुनै प्रतिकृया नदिई सुनारले डोरो बानेका थिए । डोरो अलग्गै दिने पन्थी नेपाल सरकारका अवकास प्राप्त कर्माचारी समेत हुन ।

केहि दिन अघि कांग्रेसले चलाएको ५० दिने महाअभियानका क्रममा जातिय छुवाछुद विभेदको दाहसंस्कार गर्छौ भन्दै कांग्रेस नेता गगन थापा सहित गुल्मीका थुप्रै नेता कार्यकर्ताहरु दलितहरुको घर–घरमा पसेर खाना खाने अभियान छेडेको सुनार बताउँछन् ।पन्थी जस्ता थुप्रै कट्टरपन्थी समाज रुपान्तरण गर्छौ र हामी निकै लोकतन्त्रवादी हौं भन्दै चुनाव ताका दलितका घर भित्रै पसेर भोट माग्ने गर्छन ।

‘यहाँका पुर्व एमाले पुर्व माओवादी देखि कुनै राजनैतिक दल विभेद अन्त्यका लागि एउटा झिङ्गा मार्न नसकेको मञ्चबाट भाषण छाड्दा सवै खाले विभेदको अन्त्य तर ब्यबहारमा भने कार्यकर्ताहरुकै पारा यस्तो छ’ सुनार बताउँछन् ।

कुनै नेता दलितको घर भित्र पसेर खाना खाएर के भो ? सरकारी निवास , सार्वजनिक ठाउँ मै यस्तो विभेद छ सुनार दुखेसो पोख्छन् ।पत्रकारिता पेशा गरेपछि कहिले काँही घर भित्रको दृश्य खिच्न पनि जानु पर्ने हुन्छ सुनार भन्छन समाजका यस्ता मान्छेहरुका सामु हामीलाई ठुलो चुनौती हो ।

यस सम्वन्धमा त्यहाँका केहि दलित नेताहरु संग बुझ्दा त्यस जिल्लामा छुवाछुत ब्याप्त रहेको पाइयो । त्यहाँका दलित अगुवा साझा मञ्च गुल्मीका अध्यक्ष गणेश बिश्वकर्माले समाजमा अझै पनि छुवाछुद बिभेद ब्याप्त रहेको तर न कुनै राजनैतिक दल न त प्रशासनिक निकाय कसैले पनि यसको अन्त्यका लागि पहल गर्न नरुचाएको बताए ।

सुनारलाई सिडियो निवासबाट निस्के लगतै उनलाई अर्का व्राम्णले भने बोलाएर स–सम्मान र आत्मियता साट्दै डोरो बाँधि दिएका थिए । पत्रकार महासंघ नवराज भुसालले विभेदको अन्त्य गर्नु पर्ने धारणा राख्दै तम्घासको लाकुरी मञ्चस्थित खुल्ला सडकमा सुनारलाई डोरो बाँधेका हुन ।

Leave A Reply

Your email address will not be published.