संभावना नै संभावना भयकाे रुपालाई पर्यटन काे हब बनाउन सकिन्छ : वडाध्यक्ष सुवेदी ।

गण्डकी प्रदेशका ८५ वटा स्थानिय तह मध्यमा अनेकौं बिषयमा संभावना भयकाे र दुनियाकै सुन्दर ठाउँ मध्येको एक हाे कास्कीको रुपा गाउपालिका । २०७३ सालमा जब नेपाल सरकारले राज्य पुर्नरसंरचना गर्याे साेहि बेला तत्कालीन थुम्कि , सिर्द्ध , देउराली , रुपाकाेट र हंसपुर गा बि स का केही वडा हरुलाई मिलायर बनेको रुपा गाउपालिका करिब ९४.८१ बर्ग किमि मा सजियकाे रुपा कास्कीको पाेखरा महानगरपालिका र मादि गाउपालिका तनहुँ काे शुक्ला गण्डकी नगरपालिका लमजुङको मध्यनेपाल नगर पालिका संग समधुर सम्बन्ध कायम गरि रहेको छ । रुपाताललाई काखमा लियकाे रुपा बेगनासताल लाई सबैभन्दा नजिकैको छिमेकीका रुपमा सम्बन्ध कायम गरेको रुपाले मादि नदिलाई उत्तर , पुर्वि सिमानामा साक्षि राखेको छ । हिन्दु , बाैद्दिस्ट , मुस्लिम , ईस्लाम धर्मावलम्बीको बिशेश उपस्थित रहेकोे रुपामा सबै जातजाति हरु लाेभलाग्दाे शैलिमा मिलेर बसेका छन । बिशेश गरि ब्राह्मण , गुरुङ , मगर , क्षेत्री ,नेवार , मुस्लिम , दलित , कुमाल लगायत जातिहरुकाे बाक्लो बसाइँ रहेको रुपामा पर्यटन काे निकै प्रचुर संभावना हरु छन ।
रुपा मा पर्यटन काे संभावना निम्न छन ।
१) चिसापानी , स्याक्लुङकाेट , देउराली , माझकाेट ,फालभञ्जयाङ र मर्जर्याङकाेट , हात्तिमैता फल्याङकाेट लाई स्तरिकरण ।
२) दन्दुर मा साखर खाेला बाध बाधेर कृतिम ताल निर्माण ।
३) देउराली ढाका उध्धाेग सञ्चालन ( नेवार समुदाय बाट )
४) बुढा महादेव मन्दिर , काेट भैरब , चिसापानी देवि , ईन्द्र गुफा धार्मिक पर्यटन अार्कषर्ण केन्द्र
५) रिसोर्ट , हाेटल , रेष्टुरेन्ट र हाेम स्टेहरु सञ्चालन ।
६) बञ्जि जम , केवलकार , जिप लाईन र प्यारा गलाईडिङ र र्याफटिङ सञ्चालन ।
७)स्वदेशी बिदेशी लगानि भित्राउन लगानि सम्मेलन ।
८) पर्यटन मैत्रि नीति नियम
९) ईच्छाशक्ति ।
१०) प्रचार प्रचार

चिसापानी , स्याक्लुङकाेट , देउराली , माझकाेट ,फालभञ्जयाङ र मर्जर्याङकाेट , हात्तिमैता फल्याङकाेट लाई स्तरिकरण ।

👉️ रुपामा भयमा यति अग्ला पहाड हरुलाई हामिले पर्यटनको बिशेश गन्तव्य का रुपमा अार्कर्षण गराउन का लागि पहल गर्नु पर्दछ । यी अग्ला डाडाहरु बाट पाेखरा महानगरपालिका का अधिकास भु भाग देखिनुका साथै धेरै जिल्ला हरु पनि देख्न सकिन्छ माछापुच्छ्रे , अन्नपूर्ण , धाैलागिरि , लमजुङ हिमाल लाई अाखै अगाडि देख्न सकिने हाम्रा यी अग्ला पहाड हरुबाट धेरै ताल तलैया देख्नि मात्रै नभयर उच्च पहाड डाडा भयकाे हुदा अनेकौं प्रकारका रुख बिरुवा र जंगली जनावर संग प्रत्यक्ष देख्न मिल्ने अबसर प्राप्त हुने हुदा यी डाडा हरुलाई थप ब्यबस्थित बनाउन जरुर छ । तत्कालीन बेलायतका राजकुमारले सयेर गरेको राेयटल ट्रयाकलाई लम्बयाउन रुपा ताल बाट सुरु गरि यस रुटलाई रुपाकाेट रिसोर्ट , हात्तीमैता , चिसापानी , माेहरिया , माझकाेट फल्याङकाेट हुदै ईन्द्र गुफा देखायर स्याक्लुङकाेट पुर्याउने हाे भने पर्यटनको बसाइँ लम्बयाउन सकिने छ भने यसलाई अर्को रुटका रुपमा पनि तयार गर्न सकिन्छ यसै रुटलाई चिसापानी बाट फालभञ्जयाङ जाेल्टेचाैतारा देउराली हुदै मर्जयाङकाेट पुर्याउने हाे भने अर्को सुन्दर गन्तव्य तयार हुनेछ यसका लागि ठाउ ठाउमा थकाइ मार्न प्रतिक्षालय हरु निर्माण गर्ने , स्वच्छ खानेपानी काे ब्यबस्थापन , प्रत्यक ३/४ सम मिटरमा शाैचालय निर्माण साना ठुला रेष्टुरेन्ट काे ब्यबस्थापन र बस्नका लागि केही हाेटल र हाेम स्टेहरु निमार्ण गरे रुपामा पर्यटन काे बसाइँ अबधि लम्बिने मात्रै नभयर रुपाकाे अार्थिक बृद्दि ठुलो हुने निश्चित छ ।

दन्दुर मा साखर खाेला बाध बाधेर कृतिम ताल निर्माण ।

👉️ रुपाकाे पर्यटनको अाकर्षणकाे केन्द्र काे रुपमा सञ्चालन गर्न सकिने अर्को बलियो र विश्वनिय अाधार हाे दन्दुर मा साखर खाेला बाध बाधेर कृतिम ताल निर्माण । साखर खाेला रुपाकाे केही ठुला खाेलाहरु अन्तगर्त एउटा खाेला हाे र दन्दुर एउटा यस्तो खाेच हाे जहाबाट थाेरै लगानिमा धेरै ठुलो ताल निर्माण गर्न सकिन्छ जस्का लागि स्थानीय स्तरमा याेजना बनाई जग्गा धनिलाई मुअाबजा उपलब्ध गरायर तिनै तहका सरकार काे सहयोग मा ताल निर्माण गर्दा रुपा पर्यटनको राेजाईकाे केन्द्र बन्नेमा निश्चित छ याे ताल बन्दै गर्दा रुपाका वडा न २, ४ ,५,६ बिशेश प्रथामिकतामा पर्ने छन र यसलाई ताल बनाई सकेपछि यहि बाट बिधुत पनि उत्पादन गर्न सकिन्छ र याे पनि निकै सम्भावना भयकाे ठाउँ हाे ।

देउराली बजारमा ढाका उध्धाेग सञ्चालन ( नेवार समुदाय बाट )

👉️रुपाकाे वडा न ५ देउराली बजार नेवार समुदायको ठुलो बस्ति भयकाे र रुपाकाे ठुलो बजार का रुपमा स्थापित ठाउँ हाे देउराली बजार । यहाँ स्थानीय जनसमुदायको र स्थानिय तहकाे लगानिमा पाल्लालि ढाका भने जस्तै रुपालि देउराली ढाका उध्धाेग सञ्चालन गर्न सकिन्छ देउराली बजार किन राेजाईमा राखियाे भने यश बजार बाट पाेखरा लगायका बजारकाे दुरि नजिक र सहज यातायात सुबिधा भयकाे ठाउँ भयका कारण यश ठाउलाई राेजियकाे हाे र यहाकाे नेवार समुदायको सक्रियता निकै लाेभ लाग्दाे भयका कारण यश समुदायले अान्तरिक तथा बिहिय पर्यटनको मन सजिलोसँग जित्न सक्ने भयर पनि यहाँ ढाका उधाेग सञ्चालन गर्दा अाम्दानि मात्रै नभयर समग्र रुपाकाे प्रचारप्रसार हुने भयका कारण रुपा देउराली ढाका उधाेग पर्यटनको मुख्य अंश बन्ने छ ।

बुढा महादेव मन्दिर , काेट भैरब , चिसापानी देवि , ईन्द्र गुफा धार्मिक पर्यटन अार्कषर्ण केन्द्र ।

👉️ रुपालाई धार्मिक पर्यटन काे रुपमा अगाडि बढाउन सकिन्छ । हिन्दु धर्मावलम्बीहरुकाे विश्वासका रुपमा रहेको शिव महादेव , ईन्द्र भगवान,देवि लगायतका भगवानका अास्थाकाे केन्द्रका रुपमा रहेका बुढा महादेव रुपा १ , ईन्द्र गुफा रुपा ७ , चिसापानी देवि रुपा ६ र काेट भैरब मन्दिर रुपा ६ लाई केही ब्यबस्थित गरेमा रुपामा धार्मिक पर्यटनको घुईचाे लाग्ने छ साथै बाैद्दिष्ट धर्मावलम्बीको अास्थाकाे केन्द्र भगवान् गाैतम बुद्ध का ठाउठाउमा प्रतिमा बनाउने र संरक्षण गर्ने मुस्लिम समुदाय मा पनि मस्जिद बनाउने र प्रचारप्रसार गर्ने हाे भने रुपामा धार्मिक पर्यटनको प्रचुर सम्भावना छ ।

रिसोर्ट , हाेटल , रेष्टुरेन्ट र हाेम स्टेहरु सञ्चालन ।

👉️ रुपामा पर्यटन अाकर्षण का लागि अबकाे समय रिसोर्ट , हाेटल , रेष्टुरेन्ट र हाेम स्टेहरु सञ्चालन हुन जरुरि छ । देशकै पर्यटन काे राजधानी पाेखरा बाट निकै नजिक रहाेकाे रुपामा शान्तिपूर्ण बसाेबास , रमझम पुर्ण बसाेबास काे अबधारणा बनायर रुपाकाेट रिसोर्ट जस्ता केही रिसोर्ट हरु , हाेटल हरु , रेष्टुरेन्ट हरु र हामेस्टे हरु सञ्चालन गरि पर्यटककाे बसाइँ अबधि लम्ब्याउने र स्थानिय परिकार सकेसम्म धेरै खुवाउने गरियाे भने रुपालि जनसमुदायको अार्थिक उपार्जन सहजै बढ्ने निश्चित छ ।

बञ्जि जम , केवलकार , जिप लाईन र प्यारा गलाईडिङ र र्याफटिङ सञ्चालन ।

👉️पर्यटनको माध्यम बाट रुपालाई समृद्ध बनाउने परिकल्पना गरि रहदा सबैभन्दा बलियो अाधार भनेको पर्यटककाे राेजाईका हर सहज तरिकाले उपलब्ध गराउनु सबैभन्दा ठुलो कुराे हाे । पर्यटनको सहज यात्राका लागि लेखनाथ ३१/३२ वडा बाट रुपा ६ का धेरै ठाउमा केवल कार सञ्चालन गर्ने , सुन्दरी डाडाबाट काेट भैरब मन्दिर अासपासमा केवल कार सञ्चालन गर्ने बलियो अाधार हरु भयकाे हुदा यसलाई तदारुकता का साथ अगाडि बढाउन पर्छ । फालभञ्जयाङ बाट थुम्कि जिप लाईन सञ्चालन गर्न सम्भाब्यता अध्यन सकियकाे हुदा यहाँ जिप लाई सञ्चालन गर्न सकिन्छ भने माझकाेटका डाडा बाट पर्यटकलाई प्यारागलाईडिङ बाट उडायर रुपा १ काे बृदिमा झारि त्यहाबाट मादि नदिमा र्याफटिङ तनहु काे दमाैलि निकाल्न सकिन्छ भने रुपाका वडा न ५ जाेल्टे चाैतारा र मर्जयाङकाेट डाडामा बञ्जि जम सञ्चालन गर्न सकिन्छ भने यस्ता पर्यटनको पुर्वाधार सबै वडामा सञ्चालन गरि पर्यटन मैत्रि वातावरण सृजना गर्न सक्नु पर्नेछ ।

स्वदेशी तथा बिदेशी लगानि भित्राउन लगानि सम्मेलन ।

👉️ पर्यटनको सर्वाधिक राेजाईकाे केन्द्र रुपा गाउपालिका कास्कीको परिकल्पना गरि रहदा सबैभन्दा पहिला अाबश्य अार्थिक काे पर्ने भयका कारण लगानी सम्मेलन पहिलो अाबश्यकता हाे । हामिले रुपाकाे पर्यटनको जतिपनि सम्भाब्य का सन्दर्भमा बिषय उठान गरेको छाै यस्का लागि ठुलो लगानी अाबश्यक पर्दछ। हामीले वा सरकारले अहिलेनै यतिठुलाे लगान गर्न नसक्न पनि सक्छ त्यसका लागि लगानीको सुरक्षा सहित संसार भरका मानिसलाई लगानि सम्मेलन मार्फत रुपामा लगानि गर्न अाहाब गर्न पर्छ । स्थानिय सरकारले के गर्ने संघ र प्रदेश सरकारसंग के कस्ता याेजनामाग गर्ने र लगानी सम्मेलन मार्फत स्वदेशी तथा बिदेशि लगानि रुपामा भित्राई हाम्रो पर्यटन पुर्वाधार हरु तयार गरे मात्रै समृद्धि सम्भब हुनेछ ।
रिसोर्ट , हाेटल , रेष्टुरेन्ट र हाेम स्टेहरु सञ्चालन ।
६) बञ्जि जम , केवलकार , जिप लाईन र प्यारा गलाईडिङ र र्याफटिङ सञ्चालन ।

पर्यटन मैत्रि नीति नियम ।

👉️ रुपालाई पर्यटनको माध्यम बाट समृद्ध बनाउने भन्दै गर्दा सबैभन्दा पहिला रुपाकाे स्थानिय तहबाट पर्यटन मैत्रि नीति नियम बनाउन र कार्यान्वयन गर्न जरुरि छ । समग्र संघ र प्रदेश सरकारका नीति पनि पर्यटन मैत्रि भय मात्रै पर्यटन उधाेगका रुपमा स्थापित भय पश्चात् रुपालि जनताको गरिबी हट्ने छ बेरोजगारी हट्ने छ सबैभन्दा पहिला सहि पर्यटन नीति बनायर कार्यान्वयन गर्न सक्नुपर्ने छ ।
रिसोर्ट , हाेटल , रेष्टुरेन्ट र हाेम स्टेहरु सञ्चालन ।
६) बञ्जि जम , केवलकार , जिप लाईन र प्यारा गलाईडिङ र र्याफटिङ सञ्चालन ।

ईच्छाशक्ति ।

👉️ पर्यटन मात्रै नभयर जे कुरा गर्न पनि ईच्छाशक्ति चाहिन्छ नै तयसमा पनि पर्यटन उधाेग सञ्चालन गर्न त झन पहिला नभई नहुने कुरा हाे ईच्छाशक्ति । तिनै तहका सरकारले सहयोग गर्ने ईच्छाशक्ति बनाउन पर्याे , लगानी गर्नेले लगानि गर्न ईच्छाशक्ति देखाउन पराे , पर्यटकले घुम्न अाउने ईच्छाशक्ति देखाउन पराे र स्थानिय जनसमुदायले सबै कुरा झेल्ने ईच्छाशक्ति देखाय मात्रै हामिले पर्यटन मार्फत देखेको समृद्ध सम्भब हुन्छ ।
रिसोर्ट , हाेटल , रेष्टुरेन्ट र हाेम स्टेहरु सञ्चालन ।
६) बञ्जि जम , केवलकार , जिप लाईन र प्यारा गलाईडिङ र र्याफटिङ सञ्चालन ।

प्रचार प्रचार ।

👉️पर्यटन काे सबैभन्दा बलियाे पक्ष भनेकै प्रचारप्रसार हाे । हामिले रुपामा केवलकार बनाउला , जिप लाईन बनाउला , ठुलाठुला हाेटल रिसोर्ट रेष्टुरेन्ट बनाउला , ठुलाठुला मठ मन्दिर , गुम्बा , मस्जित बनाउला , ढाका उधाेग सञ्चालन गराैला जे गरे पनि सबैभन्दा पहिला गर्नुपर्ने भनेको प्रचारप्रसार हाे । त्यसमाथि पर्यटन भनेको अान्तरिक मात्रै नभयर बिहिय पनि हाे झन बाहिय पर्यटन अाकर्षय गर्न त प्रचारप्रसार नभय कामै हुदैन बरु प्रचारप्रसार का लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडिया हरु प्रयाेग गर्ने , वयबसाईट हरु सञ्चालन गर्ने अायता पाहुदा हरुलाइ यादगर सत्कार गर्ने खानाका परिकार अन्तभन्दा गुणस्तर र स्वादिष्ट खुवाउने , हाम्रा हर गतिविधि यादगर बनाउने हाे भने प्रचारप्रसार मा बिशेश ध्यान दिने र पर्यटन लाई रुपाकाे सबैभन्दा ठुलो उधाेगकाे रुपमा स्थापित गर्ने ।

राजन सुवेदी
वडा अध्यक्ष रुपा २ कास्की
सदस्य , नेकपा एमाले जिल्ला कमिटी कास्की

Leave a Reply

Your email address will not be published. Required fields are marked *