सीजी टेलिकमलाई प्राधिकरणले औपचारिक रूपमै दियो लाइसेन्स खारेज भइसकेको जानकारी

काठमाडौं । नियामक नेपाल दूरसञ्चार  प्राधिकरणले सीजी टेलिकमलाई ग्रामीण दूरसञ्चार सेवाको अनुमतिपत्र खारेज भएको औपचारिक जानकारी दिएको छ । प्राधिकरणले सोमवार पत्रमार्फत कम्पनीलाई त्यसको जानकारी दिएको हो । 

प्राधिकरण स्रोतका अनुसार म्याद भित्र रीत पूर्वक निवेदन नआएकोले ऐन अनुसार कम्पनीको अनुमतिपत्र  स्वतः खारेज भएको ब्यहोरा पत्रमा उल्लेख छ । मोबाइल सेवा विस्तारका लागि आधारभूत टेलिफोन सेवाको लाइसेन्सको पर्खाईमा रहेको कम्पनीले समयमा नवीकरणका लागि आवेदन नदिंदा लाइसेन्स स्वतः खारेज भएकाे समाचार टेकपानाले गत शुक्रवार नै प्रकाशित गरेको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *