रसुवागढीमा ‘ब्रेक थ्रु’, खुल्यो चार हजार २ सय मिटर लामो सुरुङ

0

रसुवा : निर्माणाधीन १११ मेगावाट रसुवागढी जलविद्युत् आयोजनाको हेडरेस सुरुङ निर्माण गर्ने काम सोमबारबाट सम्पन्न भएको छ ।

राष्ट्रिय प्राथमिकताअन्तर्गत रहेको उक्त आयोजनाको मुहानदेखि विद्युत् गृहसम्म पानी ल्याउने चार हजार १८५ मिटर लामो हेडरेस सुरुङ बिहान सूर्यदयोभन्दा अगाडि ‘ब्रेक थ्रु’ गरिएको उक्त आयोजनाका प्रमुख छवि गैह्रेले बताए ।

‘आयोजनाको सबैभन्दा गाह्रो काम सुरुङ थियो, अब मुख्य भूमिगत सुरुङको निर्माणले निर्धारितसमय सन् २०२० को फेबुअरीभित्र १११ मेघावाट विद्युत् उत्पादन भइसक्छ,’ उनले भने । १३ अर्ब ६४ करोड रुपैयाँको लागतमा सन् २०१४ बाट निर्माण सुरु भएको आयाजना प्रमुख गैहे्रले जानकारी दिए ।

आयोजनाको काम निर्धारित समयमा सम्पन्न गर्न ३३ प्राविधिकसहित ७०० भन्दा बढी कामदार कार्यरत रहेका छन् ।

Leave A Reply

Your email address will not be published.