ल कुरा यस्तो आयो है दुई नायिकाको

0

अब्बल कलाकारलाई ५ मिनेट भूमिका दिएपनि दर्शकले नोटिस गर्छन्ः प्रियंका

चलचित्र ‘शत्रु गते’ रिलिज भएपछि यसकी मुख्य नायिका आँचल शर्माले हुलमुलमा काम गर्दा आफू ओझेलमा परेको बताइन् । उनले, अब आफूले सोलो भूमिकाका लागि अफर आएको खण्डमा मात्र काम गर्ने खुलाइन् ।
तर, आँचलको भनाइलाई नायिका प्रियंका कार्कीले खण्डन गरेकी छिन् । प्रियंकाले भनिन्-‘म सबैको विचारलाई सम्मान गर्छु ।

तर, एउटा अब्बल कलाकारलाई ५० जनाको टिममा ५ मिनेट मात्र भूमिका दिएपनि उसलाई दर्शकले नोटिस गर्छन् ।’ प्रियंकाले आफूले राम्रो काम गर्न सकेको खण्डमा भूमिका लामो र छोटोले केही फरक नपार्ने बताइन् । यसका लागि सबैभन्दा पहिले आफूले आफूलाई विश्वास गर्नुपर्ने उनको भनाई थियो । चलचित्रभरी रोल भएर नराम्रो गर्ने हो भने त्यसको कुनै अर्थ नरहने नायिका कार्कीको भनाई थियो । ‘शत्रु गते’मा नायिका कार्कीले पनि काम गरेकी थिइन् ।

नायिका बर्षा राउत पनि धेरै कलाकार भएको चलचित्रमा काम गर्न रुचाउँछिन् । आफ्नो भूमिका राम्रो छ र आफूले त्यो भूमिकालाई निर्वाहा गर्न सक्छु जस्तो लागेको खण्डमा काम गर्दा केही फरक नपर्ने उनको भनाई थियो ।उनले पनि एउटा राम्रो ब्यानरमा राम्रो भूमिका हुँदा कति जना कलाकार छन् भनेर नहेर्ने खुलाइन् ।

Leave A Reply

Your email address will not be published.