जनक तिवारी बने पोखरा फोटोग्राफर संघको अध्यक्ष
तुल्सी मिडिया पोखरा
पोखरा फोटोग्राफर संघ पोखरा नेपालको ३९ औं साधारण सभा तथा अधिवेशन एवं पोखरा फोटोग्राफी अवार्ड २०७७ बितरण समारोह कार्यक्रम शनिबार सम्पन्न भएको छ। अधिबेशन बाट जनक तिवारीलाई सर्वसम्मत रुपमा पोखरा फोटोग्राफर संघको अध्यक्षमा चुनिएको छ।


नवनिर्वाचित समितिको उपाध्यक्षमा रामचन्द्र पोखरेल, सचिवमा विश्वराज बराल, कोषाध्यक्षमा नारायणहरी अधिकारी, सदस्यहरुमा प्रदिप कुमार नापित, कल्पना अधिकारी, चन्द्रप्रकाश ढुंगाना र देवानन्द पोखरेल रहेका छन ।

गण्डकी प्रदेशका प्रमुख माननीय अमिक शेरचन ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा विभिन्न ब्यक्तिलाई फोटोग्राफी अवार्ड सहित सम्मान गरिएको थियो।।। कार्यक्रममा अशोक लाईफटाईमबाट सम्मानीत ब्यक्तित्व फोटोग्राफर बिश्व रत्न शाक्य, अक्षयकोष दाताहरु फोटोग्राफर महासंघका केन्द्रका संयोजक, गण्डकी अध्यक्ष,उधोग बाणिज्य संघका प्रतिनिधिहरु बिभिन्न् जिल्लाका फोटोग्राफर संघका अध्यक्षहरु,,जुरी कमिटीका सदस्यहरु संघका संरक्षक, पुर्वअध्यक्ष र सल्लाहकारहरु, बिभिन्न संघसंस्थाका अध्यक्षहरु लगायतका ब्यक्तीहरुको उपस्थिति रहेको थियो ।


कार्यक्रममा प्रमुख अतिथि अमिक शेरचन, निवर्तमान अध्यक्ष तुलसीराम सुवेदी, पुर्व अध्यक्षहरु दुर्गा प्रसाद पौडेल, जयन्द्रराज भण्डारी, माधव मिश्र, महिला उप–समितिको तर्फबाट पुर्णकुमारी थापा, लेखासमितिको तर्फबाट विष्णुहरी अधिकारी र अर्वाड प्रदान गर्नेहरुको तर्फबाट भक्त तामाङ लगायतले बोलेका थिए । रबिनाथ दाहालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत कार्यक्रम संयोजक जनकराज तिवारीले गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव कपिल सापकोटाले गरेका थिए ।

