गणेश आधिकारी र बिपना रोकाको मार्मिक गित “किन होर रुनी मायालुमा ” सारिका र महेन्द्रको मनै सिरिङ्ग हुने अभिनय

0

तुल्सी मिडिया ,पोखरा
सन्जिब न्यौपाने (समिर)
नेपाली लोक संगीत क्षेत्रले भिबिन्न गितहरु मार्फत मानिसको जिबनका हरेक पलहरुको संग्रह गरि कथा ,ब्यथा ,भावाना हरु समेट्ने गरेको छ। पछिल्लो समय रोमान्टिक गितहरु बजारमा आइरहे पनि संग संगै कारुणिक ,मार्मिक गीतहरु पनि बजारमा आइरहेका छन् र दर्शकहरुले पनि जिबनमा पर्ने कथा र भावना बोकेका गीतहरुलाइ उत्तिकै रुचाएको पाइन्छ।

यसै सन्दर्भमा नेपाली लोक सांगीतिक क्षेत्रमा निकै लामो समय देखि काम गरिरहेका लोक संगीतका हस्तीहरु बहुचर्चित निर्देशक कपिल लामा ,चर्चित मोडल सारिका केसी र महेन्द्र गौतम ,चर्चित गायक एबम सर्जक गणेश अधिकारी ,बिपना रोका हरुको टिमले अत्यन्तै मार्मिक एबम कारुणिक गित “किन होर रुनी मायालु ” सार्बजनिक गरेका छन्।

गणेश अधिकारी र बिपना रोका छेत्रीको आवाजमा रहेको उक्त गीतको लय तथा शब्द स्वयम् गणेश अधिकारीकै रहेको छ। बहुचर्चित निर्देशक कपिल लामाले निर्देशन गरेको भिडियोमा सारिका केसी र महेन्द्र गौतम को अभिनयले गित उत्कृष्ट बनेको छ। सुरेश श्रेष्ठले छायांकन गरेको गितको भिडियोलाई शिव पौडेलले सम्पादन गरेको छन्। अचानोले खुकुरी धार खान्छ ,नत रुन्छ न कहिल्यै हार खान्छ जस्ता मार्मिक शब्दहरु राखेर आफ्नो प्रेमीलाई रुने हैन ,तिम्रो लागि मा छुनी भनेर सम्झाएको पलले गीतलाई अझै मार्मिक र उत्कृष्ट बनाएको छ।
गीतको म्युजिक भिडियो सम्बन्ध क्रियसनको युटुब च्यानल बाट सार्बजनिक गरिएको छ।

भिडियो हेर्नुहोस :

Leave A Reply

Your email address will not be published.