अस्मिता बुढाथोकी र ऋषि खड्काको मन छुने दशै गित “दशै तिहार संगै मनाउला “सार्वजनिक

0

सन्जिब न्यौपाने (समिर )
तुल्सी मिडिया
पोखरा

नेपालीहरुको महान पर्ब बिजया दशमी तथा शुभ दिपावली नजिकिदै गरेको अबस्थामा दशैँ तिहारका गितहरु पनि बजारमा धमाधाम आइरहेका छन्। बिशेषगरी चाडपर्बमा घर परिवार बाट टाडा हुँदाको पिडा ,परदेशीको पिडा ,कतिपय धेरै समयपछि दशैँ तिहारमा घर आउदा लाग्ने खुशी ,जस्ता बिषयमा आधारित रहेर दशैँ तिहारका गित हरु सार्बजनिक भैरहेका छन्।

यसै सन्दर्भमा पछिल्लो समयमा निकै चर्चामा रहेकी गायिका अस्मिता बुढाथोकीको मनछुने दशै गित ‘दशै तिहार संगै मनाऊला’ सार्वजनिक भएको छ ।पासपोर्ट हरियो गितबाट एकाएक चर्चामा आएकी गायिका अस्मिता बुढाथोकी र लोकप्रिय गायक ऋषि खड्काको सुमधुर स्वर रहेको उक्त गितको शब्द सृर्जना राजु महोत्राको छ भने ऋषि खड्काको लय रचना रहेको छ ।

उक्त गितमा यसपालिको दशै तिहार संगै मनाऊनको लागि घर आउने जस्ता खुसियाली प्रकट गरिएको छ। राजु महोत्राको निर्देशनमा तयार पारिएको गितको म्युजिक भिडियोमा कलाकारहरु मिरा महोत्रा , गौतम जिसी , मिन खत्री , लक्ष्मि थापा लगायतको मनछुने अभिनय देख्न सकिन्छ भने अनिश खड्काको छांयाकन तथा सम्पादन रहेको छ।
गीतको भिडियो Swaviman Creation को अफिसियल युटुव च्यानलबाट सार्बजनिक गरिएको छ।

भिडियो हेर्नुहोस :

Leave A Reply

Your email address will not be published.