स्याङ्गजामा भू.पू सैनिकहरु द्धारा राहत वितरण
भाद्र २१, पोखरा,
तुलसी मिडिया
स्याङ्गजाको विरुवा गाउँपालिका वडा नं.–२, टोल नं. ४ गाबुडाँडामा राहत वितरण गरिएको छ । कारोनाको कहरमा निम्न आयस्तर भएका परिवारहरुलाई खाद्यान्न अभाव पूर्ति गर्नको लागी राहत वितरण गरिएको हो । कुल ३७ घर धुरीलाई वितरण गरिएको रहातमा एक बोरा चामाल, एक के.जी दाल, एक के.जी नुन, एक के.जी तेल रहेको थियो ।
गाबु डाँडा जन्म घर भई कर्म थलो आर्मीमा समर्पित गरी यु.के, काठमाण्डौ र पोखरामा बसोबास गर्दै आउनुभएका भुपु आर्मीहरुद्धारा गाउँ प्रतिको माया, सम्बन्ध अझ प्रगाढ बनाउनको लागी यो बेलामा राहतको कार्यक्रम आयोजना गरिएको हो । उक्त कार्यक्रममा गाउँका भु.पु आर्मीहरु, टोल संयोजक, लगायत सम्पूर्ण गाउँबासीहरुको उपस्थितिमा वितरण गरिएको थियो ।

कार्यक्रममा अति विपन्न साहारा विहिन दुई परिवारलाई तुल बहादुर गुरुङ्ग, किनमाया गुरुङ्गलाई फाईबर सिरक पनि वितरण गरिएको थियो ।

प्राकृतिक प्रकोप पहिरोले घरलाई जोखिम तुल्याएकोमा घरमुली तिल बहादुर गुरुङ्गलाई विपत राहत स्वरुप रु दश हजार रुपैया सहयोग गरिएको थियो ।

त्यस्तै गाउँ समाजका लागी आवश्यक डि फ्रिज पनि उक्त कार्यक्रममा टोल संयोजक कर्ण सिं गुरुङ्ग, तमु समाज अध्यक्ष खड्क बहादुर गुरुङ्ग, तिल बहादुर गुरुङ्ग लाई राहत वितरण कार्यक्रम संयोजक डिल बहादुर गुरुङ्गले चावी हस्तान्तरण गर्ननुभएको थियो ।

उक्त कार्यक्रम गाबु झागडी–पोखरा सम्पर्क मञ्च तथा श्री कमल चक्र युवा क्लबको पहलमा गरिएको थियो भने कार्यक्रमा सहजकर्ता राष्ट्रिय युवा संघ नेपाल स्याङ्गजा जिल्ला संयोजक थमन गुरुङ्गले गरेको थियो ।