प्रसाद लामिछाने र समीक्षा अधिकारीको “पानी छल्काले ” लाइ दर्शकले रुचाए

0

तुल्सी मिडिया
बज्र अधिकारी

लोक संगीत क्षेत्रको चर्चित नाम हो प्रसाद लामिछाने। बहुमुखी प्रतिभाका धनि प्रसादका धेरै गितहरु दर्शकले रुचाएका छन्। उनि गायन ,मोडल ,सर्जक सबै विधामा उत्कृष्ट छन्। यसै बीच पछिल्लो समय उनले बजारमा ल्याएको गित “पानी छल्काले ” लाइ दर्शकले मन पराएका छन्।

प्रसाद लामिछाने र गायिका समीक्षा अधिकारीको स्वरमा रहेको ‘पानी छल्काले’ का सर्जक भने सुरेन्द्र लामिछाने रहेका छन्।
सुरेन्द्र लामिछानेको शब्द रचना तथा प्रसाद लामिछानेले संगीत दिएको गीतको भिडियोमा गीतका रचनाकार सुरेन्द्र लामिछाने र नायिका तथा मोडल नम्रता सापकोटाले अभिनय गरेका छन्।

उक्त गीतको भिडियोलाइ कुमार केसीले निर्देशन गरेका छन् भने अजय रेग्मीको छायांकन तथा प्रविन भट्टको सम्पादन रहेको छ। भिडियोलाई युट्युब च्यानल प्रसाद डिजिटल म्यूजिकले सार्वजनिक गरेको छ ।

भिडियो हेर्नुहोस :

Leave A Reply

Your email address will not be published.