एक सफल लोकप्रिय निर्देशकः कपिल लामा
भाद्र ११, पोखरा,
सञ्जिप न्यौपाने,
पछिल्ला समयमा एक पछि अर्काे गर्दै लोक तथा दोहोरी क्षेत्रमा व्यस्त भइरहेका निर्देशकहरु मध्येका एक हुन निर्देशक कपिल लामा । परिवारका जेठो सन्तानको रुपमा २०४२ सालमा काठमाण्डौं मा जन्मिएका लामा बाल्यकाल देखि नै लजालु स्वाभावका थिए । कम बोल्ने, कसैको रिसराग नराख्ने, कामप्रति सदैब लगाब राख्ने, आजसम्म कसैको मन नदुखाएकाका, सरल र शलिन स्वभावका लामा सवै संग हाँसेर बोल्न रुचाउछन् ।

संस्कृतिक कार्यक्रमहरुबाट यस क्षेत्रमा लागेका लामाले २०६० साल देखि म्युजिक भिडियोको निर्देशन यात्रा सुरु गरेका थिए । निर्देशक लामाले लोक तथा दोहोरी गीतहरुको निर्देशन संगसंगै आधुनिक संगीत तर्फ पनि उत्तिकै सफल भिडियोहरुको निर्देशन गरिसकेका छन ।
पछिल्लो समयमा एकपछि अर्काे गर्दै चर्चा पाएका लोकप्रिय लोक तथा दोहोरी गीतहरुमा निर्देशन गरिसकेका उनले थुप्रै अवार्डहरु समेत हात परिसकेको छ ।
कठिन परिस्थितिलाई समेत सजिलै समान गर्दै अगाडी बढेका निर्देशक लामा प्रति उनको काम र उनको स्वभावको कदर एवं लगनशिलता प्रतिको प्रशंस कमै मानिसहरु मात्र हुनसक्छ ।

कपिल लामा द्धारा निर्देशित सुपर हिट गीतहरुः– मर्नै मिती, जिम्मल बाउको आगनीमा, सानु कहाँ छौ, कपाल कोर्ने काइयो, अस्ति हास्न सिकायौ, आज भन्दा भोली माया, बलिदान, लगायत सयौ गीतहरु बजार लिन सफल भएका छन् ।

हालसालै मात्र कपिल लामा द्धारा निर्देशित गीत ओए कान्छु म परदेश जान्छु ले संगीतिक बजार तताईरहेको छ । अन्य थुप्रै गीतहरु बजारमा आउने तयारीमा रहेका छन् भने निर्देशक लामाले हालसम्म पाँचहजार भन्दा बढी गीतहरुको निर्देशन गरिसकेका छन् ।
हालसालै मात्र कपिल लामा द्धारा निर्देशित गीत ओए कान्छु म परदेश जान्छु ले संगीतिक बजार तताईरहेको भिडियो हेर्नको लागी तलको लिंक क्लिक गर्नुहोला ।
https://www.youtube.com/watch?v=W-Enq_qXxtw&feature=youtu.be&f
bclid=IwAR182cdFxielw620wDljfJ4vGieqqGvcccXKEBxUM68QBD5CO7dGYtDXdPQ