१० भदौ, स्याङ्गजा
स्याङ्जाको विरुवा गाउँपालिका वडा नं. ८, मुलाबारी गाउँकी अन्दाजी १३ बर्षकी किशोरीले झुण्डिएर आत्महत्या गरेकी छिन् । बुधबार साँझ करिब ७ बजेको समयमा किशोरीले आफ्नै घरको माथिल्लो चोटामा सलको पासो लगाई आत्महत्या गरेकी हुन् ।
स्थानीयका अनुसार उनको दीदिसँग सामान्य भनाभन भएको र त्यसलगत्तै उनी सरासर माथिल्लो चोटामतर्फ गएकी थिईन् । उनले पहिले पनि परिवारमा कसैले गाली गर्दा बारम्बार झुण्डिएर मर्ने धम्की दिने गरेकी थिईन् । घटनाको समयमा भएको सामान्य भनाभनलाई पनि परिवारले सदाजस्तै सामान्य रुपमै लिए ।
तर केही समयपछि उनलाई खोज्दै माथिल्लो चोटामा पुग्दा उनी सलमा झुण्डिरहेकी थिईन । तत्काल सल काटेर उद्धार गर्ने बेलासम्म पनि उनको शरीर हल्का तातो रहेको र बचाउनका लागि सामान्य प्राथमिक उपचारका विधिहरु अपनाइएको भएतापनि त्यसबेला सम्म धेरै ढिला भईसकेको थियो ।
मृतककी दुई दीदि, एक दाजु र एक भाई छन् । बुबा रोजगारीको सिलसिलामा जिल्ला सदरमुकाम स्याङ्जामा छन् भने आमाको सम्बन्ध विच्छेद भईसकेको छ ।
घटनाको बारेमा अहिले ईलाका प्रहरि कार्यालय बिरुवाको टोलीले थप अनुसन्धानको कार्यलाई अघि बढाएको छ ।