गायिका शितल शर्माको तीज गीत “शितलु ” सार्बजनिक
तुल्सी मिडिया
पोखरा
नेपालीहरुको महान पर्ब हरितालिका तीज नजिकिदै गर्दा बजारमा तिज गितहरु आइरहेका छन्। धेरै गीतहरु बजारमा आइरहेका बेला पहिलेका जस्ता मौलिक ,मर्मस्पर्शी गितहरु भने कम नै आएका छन्। लोकप्रियता कमाउनकै लागि भएनी मौलिकपन छोडेर लोक सस्कृतिलाइ बिकृतितर्फ धकल्ने प्रयासहरु पनि भैरहेका छन्।
गायिका शितल शर्माको तीज गीत “शितलु ” सार्बजनिक
नवराज पन्तको शब्दमा शितल शर्मा र प्रकाश पराजुलीले आवाज दिएका छन् भने संगित प्रकाश पराजुलीको रहेको छ ।
‘बाबाले सारेको वर, मलाई पनि शितलु कहाँ छ र ?’ बोलको गीतको निर्देशन मौसम हिमालीले गरेका छन् ।
गीतमा शिभन पोखरेल, गरिमा शर्मा, नीरु खड्का, शितल शर्मा, प्रकाश पराजुली, रविन लामिछानेलगायतका कलाकारहरुको अभिनय रहेको छ ।
भिडियो हेर्नुहोस :