तारापती,जीवन र पार्वतीको मौलिक तिज गित “जाऊ न बाबु बहिनी लिन” सार्वजनिक
तुल्सी मिडिया
पोखरा
नेपालीहरुको महान पर्ब हरितालिका तीज नजिकिदै गर्दा बजारमा तिज गितहरु आइरहेका छन्। धेरै गीतहरु बजारमा आइरहेका बेला पहिलेका जस्ता मौलिक ,मर्मस्पर्शी गितहरु भने कम नै आएका छन्। लोकप्रियता कमाउनकै लागि भएनी मौलिकपन छोडेर लोक सस्कृतिलाइ बिकृतितर्फ धकल्ने प्रयासहरु पनि भैरहेका छन्।
यसै सन्दर्भमा पछिल्लो समय तीज गीतमा विकृति आइरहेका बेला लोकदोहोरी गायक तारापती सुवेदी, जीवन दाहाल र लोकदोहोरी गायिका पार्वती जिसीको आवाजमा “जाऊ न बाबु बहिनी लिन” सार्वजनिक भएको छ ।गीतको शब्द केशरी अधिकारी सुवेदीले लेखेकी हुन् भने सँगीत तारापती सुवेदीले गरेका हुन् ।
दिपक अधिकारीको निर्देशन रहेको गीतलाई श्रीमान लामाले खिचेका हुन् । अर्जुन खडकाको सम्पादन रहेको छ । म्युजिक भिडियोमा दिपक अधिकारी, बीबी आले, निर्मला श्रेष्ठ, चन्द बिसरी, शिद्ध बहादुर श्रेष्ठ लगायतको अभिनय रहेको छ ।तारापती जिवन म्युजिक क्रियशनबाट युट्युबमा सार्वजनिक गरिएको गीतमा पारिवारिक कथालाई समेटिएको छ ।
भिडियो हेर्नुहोस :