खुमन अधिकारी र स्मृति तिमिल्सिनाको मौलिक तिज गित दिदि भाई -४ “झोला लुकाउछन” सार्वजनिक
तुल्सी मिडिया
पोखरा
नेपालीहरुको महान पर्ब हरितालिका तीज नजिकिदै गर्दा बजारमा तिज गितहरु आइरहेका छन्। धेरै गीतहरु बजारमा आइरहेका बेला पहिलेका जस्ता मौलिक ,मर्मस्पर्शी गितहरु भने कम नै आएका छन्। लोकप्रियता कमाउनकै लागि भएनी मौलिकपन छोडेर लोक सस्कृतिलाइ बिकृतितर्फ धकल्ने प्रयासहरु पनि भैरहेका छन्।
यसै अबसरमा गुरुआमा फिल्मसको प्रस्तुतिमा स्मृति तिमिल्सिनाको यस बर्षको मौलिक तीज गीत दिदि भाई ४ (झोला लुकाउछन) सार्वजनिक भएको छ । पहिलेकै जस्तै निरन्तर हरितालिकाको तिजको अवसर पारेर खुमन अधिकारी र स्मृति तिमिल्सिनाको आवाज बजारमा ल्याउने गरेका छन् । पहिलो गित दिदि भाई ल्याए पछी सो गितले चर्चा पाए पछी खुमन अधिकारी र स्मृति तिमिल्सिनाको सहकार्यमा निरन्तर ल्याएका हुन् ।खुमन अधिकारिको लय तथा शब्द सृजनामा रहेको गीतको निर्देशन गुरुआमा आफैले गरेकी हुन् ।
म्युजिक भिडियोमा चर्चित हास्यकलाकार किरण के सी (राता मकै),अन्जु श्रेष्ठ हात्ती,खुमन अधिकारी,स्मृति तिमिल्सिना, शेर बहदुर डि सी र अश्मिता पुरीको अभिनय रहेको छ । सुरेश श्रेष्ठको छायांकन रहेको म्युजिक भिडियो सम्पादन प्रकाश धमलाको रहेको छ । उक्त गीतको भिडियो गुरुआमा फिल्मस प्रा लीको युटूब च्यानलबाट सार्वजनिक गरिएको छ ।
भिडियो हेर्नुहोस :