लायन्स क्लबले गर्यो पहिरोपीडितलाई सहयोग

0

तुल्सी मिडिया
पोखरा

पोखरा महानगरपालिका वडा २६, पैतेडाँडा पहिरोपीडित परिवारलाई लायन्स क्लब अफ पोखरा कालिका भ्यू टाउनले सहयोग गरेको छ ।अविरल वर्षापछि बिहीबार राति आएको पहिरोले स्थानीय ३२ वर्षीय दुर्गाबहादुर सुनार (विवेक) को मृत्यु भएको थियो । यस्तै, वर्षाका कारण उक्त ठाउँका करिब ७२ वटा घरहरुमध्ये ३४ घर परिवारका करिब १ सय ५२ जना प्रभावित भएका छन् । पहिरोबाट विस्थापित घरपरिवारलाई अहिले वडा २६ को पहलमा स्थानीय अमरज्योति आधारभूत विद्यालयमा बस्ने व्यवस्था मिलाइएको छ ।

पहिरोपीडित परिवारका लागि खानाको व्यवस्था नेपाल रेडक्रस सोसाइटी कास्की शाखाले गर्दै आएकोमा शनिवार लायन्स पोखरा कालिका भ्यू टाउनले आवश्यक खाद्य सामाग्री सहयोग गरेको हो ।पीडितलाई लायन्स क्लब ३२५ बी १ अन्तर्गत क्लस्टर २० का क्लबहरुले अस्थाई बसोबास स्थानमा पुगी आलु, दाल, मरमसला, माक्स, सेनेटाईज, ताजा तरकारी र पानी सहयोग गरेका हुन् ।क्लस्टर २० का चिफ चन्द्रप्रकाश अधिकारी र वडा २६ का वडाध्यक्ष नारायणप्रसाद बरालले पीडित परिवारलाई सबैकोे सहयोगले अल्पकालीन राहत मिले पनि दीर्घकालीन सोचका साथ अगाडि बढ्नु पर्ने सुझाव राखेका थिए ।लायन्स पोखरा कालिका भ्यू टाउनका अध्यक्ष पोषणमणि त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष नारायण अधिकारी, पूर्व अध्यक्ष चन्द्रा शर्मा, स्थानीय रामहरि ढुंगाना र क्लबका सचिव ईश्वर अधिकारी लगायतले आगामी दिनमा पर्ने सहयोग हुने बताए ।

येस्तै पैँतेडाँडा पहिरो पीडितलाई बेगनासताल विपत् व्यवस्थापन समितिका संयोजक नीराजन बरालले ५ हजार सहयोग गरेका छन् ।पीडितलाई अल्पकालीन रुपमा खाना र बसोबास ब्यवस्था मिलाउन स्थानीय रुपमा सहयोग समिति गठन गरी सहयोग गर्दै आएको छ । जसको संयोजकमा नेपाल रेडक्रस सोसाइटी कास्की शाखातर्फबाट राजेश घिमिरे र दीपक भण्डारी, स्थानीयतर्फबाट सूर्य भण्डारी, भीमपाणि बराल, हरिप्रसाद अधिकारी र पीडित परिवारतर्फबाट सोमबहादुर बि क र गोविन्द परियार रहेका छन् ।

Leave A Reply

Your email address will not be published.