स्याङजा विरुवा गाउँपालिकामा पावरको भरमा हालिमुहाली

0

तुल्सी मिडिया प्रा.ली
जेठ २० गते, स्याङजा
हुम बहादुर च्हाक्ली तमु

विरुवा गाउँपालिकामा नवनिर्मित पुप्पलाल स्मृती आवसिय भवान निर्माणका लागि बाहिरबाट मजदुरहरु भित्रिएका छन् । कोरोना संक्रमणको समयमा बाहिरबाट मजदुर भित्रिनु कोरोना संक्रमणको डर पनि हो । स्थानियहरुले नयाँ अनुहार देख्दा त्रसित भईरहको अवस्थामा बाहिरबाट मज्दुर भित्रिदा झन त्रसित भएका छन् ।

स्थानिय सचेत युवाहरु आफ्नो टोलमा संकास्पद व्याक्तिहरु देख्दा खोजिनिति गर्दा स्थानिय प्रहरी, क्वारेन्टाईन व्यवस्थापन समिति, वडा कार्यालय, कारोना व्यवस्थापन समिति, निगरानि समिति कसैलाई पनि जानकारी नभएको जनाएका छन् । मजदुरहरु संग सोधपुछ गर्दा विरुवा गाउँपालिका युवा संघका अध्यक्ष अम्बु मियाको मातहतमा आएको जानकारी दिए ।त्रसित स्थानियहरु संबन्धित व्यक्तिसंग सोधपुछ गर्दा विरुवा गाउँपालिकाको अध्यक्षले जिल्ला सि.डि.ओ.स्याङजा संग समन्वय गरी स्याङजाबाट मजदुर ल्याएको जानकारी गराएका थिए ।

मज्दुर व्यवस्थापन संग पनि आगमन पास नभएको तथा मज्दुरको सनाखत हुने खाल्को कुनै प्रमाण नभएको कहाँबाट आएका हुन्भन्ने उत्पन्न भयो । मज्दुर व्यवस्थापन सम्बन्धमा स्थानिय र व्यवस्थाक विच आपसी समाजदारी नहुदा भनाभनको स्थिती उत्पन्न भएको थियो । सर्वदलिय सम्यन्त्रबाट समस्या समाधानको प्रयास भइरहेको छ । पावरको भरमा नियम विपरित मज्दुरहरु ल्याईएको ल्याईएको स्थानियले जनकारी दिएका छन् ।

Leave A Reply

Your email address will not be published.