स्याङ्गजाको विरुवा गाउँपालिकामा एकजना कोरोना संक्रमण

0

तुल्सी मिडिया प्रा.ली.
जेठ २०, स्याङ्गजा
हुम बहादुर गुरुङ

स्याङजाको विरुवा गाउँपालिकामा पनि एक जना कोरोना संक्रमण देखिएको छ । विरुवा गाउँपालिका वडा नं.–२, जामुने डाडा मा.वि. भारतबाट आएर क्वारेनटाईनमा रहेका २० बर्षिय पुरुषमा पि.सि.आर रिपोट पोजेटिभ देखिएको हो । उनलाई थाप उपचारका लागी अस्पतालमा लाने तयारी भएको छ ।

उक्त विद्यालयको क्वारेनटाईनमा १२ जना रहेका छन् । त्यस्तै नवज्योती मा.वि क्वारेनटाइनमा १५ जना रहेका छन् । पालिकामा हालसम्म २० जनामा गरिएको पि.सि.आर विधि परिक्षणमा एक जनालाई संक्रमण देखिएको जानकारी पालिका स्वास्थ्य विभागका प्रमुख गोगन थापाले गराउनुभएको छ ।

Leave A Reply

Your email address will not be published.