तारापति सुबेदीको देशभक्ति भावना र इतिहास समेटेको गीत “हामी बिर गोर्खाली ,काँतर हैनौं” (भिडियो )

0

तुल्सी मिडिया ,पोखरा
बज्र राज अधिकारी


हाम्रो छिमेकी देश भारतले हाम्रो नेपालका भिबिन्न भूभागका सिमाहरु त पहिल्यै बाट मिचिरहेको थियो तर अहिले त हाम्रै भुमीमा डोजर चलाउदै बाटो खनेको छ। लिपुलेक ,कालापानी ,लिम्पियाधुरा ,अल्मोडा लगायतका हाम्रो देशको धेरै भुभागका भुमीहरु मिचिरहेको छ। हामी आम नेपालीले यो कुरा सहन सक्दैनौ र प्रतिकार गर्छौ। हाम्रो इतिहास बिर्सन खोज्ने भारतीय बिस्तारबादको घोर भ्रत्सना गर्दछौं।

येस्तै कुराहरु बोल्दै बहुचर्चित गायक तारापति सुबेदीको देशभक्ति भावना र इतिहास समेटेको सबैलाई जागरुक गर्ने “हामी बिर गोर्खाली ,काँतर हैनौं” नामक कालापानी र लिपुलेकको गीत सार्बजनिक भएको छ। सुबेदीको स्वरमा रहेको गीतको लय पनि स्वयम् आफ्नै हो भने गीतको शब्द रचना केशरी अधिकारी सुबेदीको हो।

म्युजिक स्टोर नेपालले दृश्य निर्माण गरेको एस गीतको छायांकन समुन्द्र सुबेदीले गरेका हुन् भने निर्देशन र सम्पादन दिपक अधिकारीको रहेको छ। यो गीतको भिडियो taraajeevan music creation को युटुब च्यानल मार्फत प्रासारण भएको छ ।

छिमेकीले हामीलाइ हेप्यॊ हामी सबै उठ्नुपर्छ हाम्रो राष्ट्रियताको लागी हामी सबै लड्नु पर्छ भन्ने कुराहरु गीतमा समेटिएको छ।

गीतको भिडियो हेर्नुहोस:

Leave A Reply

Your email address will not be published.