कोरोना रोकथामका लागि बजार अनुगमन, भेटियो विरुवामा अखाद्य बस्तुहरु

0

तुल्सी मिडिया
रेशम राज राना, विरुवा स्याङजा,


बिरुवा गाउँपालिका तथा बिरुवा प्रहरी चौकीले उपभोक्ताहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै विश्व व्यापी रुपमा फैलि रहेको महामारी कोरोना भाईरस कोभिड १९ केही हद सम्म रोकथाम को लागि यस क्षेत्रबाट आज संयुक्त रुपमा बजार अनुगमन भएको थियो ।अनुगमन टोलीले किराना पसल, होटल, रेष्टूरेण्ट, औषधिजन्य पसल, फलफूल पसल लगायतका पसलहरुमा अनुगमन गरेको थियो ।

तस्विर – रेशम राज राना

हाल यस लकडाउनको समयमा सम्पूर्ण पसल बन्द गर्ने निर्देशन नेपाल सरकारद्धारा भएता पनि केही छिटफुट रुपमा पसलहरु खुल्ला रहेको र उक्त पसलहरुमा अनुगन गर्ने क्रममा केही तोकिएको मिति नाघेका औषधी, कोल्ड ड्रिंक्स्, बिऊ बिजन, किटनाशक औषधी जस्ता वस्तुहरु पाईएको र उक्त वस्तु प्रहरी,गाउँपालिका को कर्मचारी, विरुवा उद्योग वाणिज्य संघको सहयोगमा नियन्त्रण गरी सम्बधित ठाउँमा लगि नष्ट गरीयो ।


तस्विर – रेशम राज राना

तस्विर – रेशम राज राना

तस्विर – रेशम राज राना


उक्त अनुगमन गर्नका लागि बिरुवा गाउँपालिकाको उपाध्यक्ष ,प्रशाशकीय अधिकृत लगाएत अन्य कर्मचारीहरुको सहभगिता रहेको थियो र साथै आगामी दिनहरुमा कुनै पनि पसलमा म्याद नागेको सामानहरु पाइयमा कानुन बमोजीम कडा भन्दा कडा कारवाही गरिने गाउँपालिकाले जनाएको छ ।


तस्विर – रेशम राज राना

Leave A Reply

Your email address will not be published.