विद्यार्थी नेता सुदेश पराजुली द्धारा राहत वितरण

0

तुल्सी मिडिया
पोखरा
बैसाख १८

अनेरास्ववियूले बन्दाबन्दी (लकडाउन)मा समस्या परेका विद्यार्थीलाई खाद्यान्न वितरण गरेको छ ।

अनेरास्ववियूका नेता सुदेश पराजुलीले लकडाउनमा घर जान नपाएका विद्यार्थीलाई घरमै पुगेर राहत दिएको बताएका छन् । उनले अहिलेसम्म २ सय भन्दा बढी विद्यार्थीलाई राहत वितरण गरेको बताए ।

कोरोना भाइरस (कोभिड–१९)को उच्च जोखिमसँगै सरकारद्धारा चैत ११ गतेदेखि जारी लकडाउनको कारण समस्यामा परेका काठमाडौंका विभिन्न ठाउँहरुमा रहेको विद्यार्थीहरुलाई राहत वितरण गरेको हो ।

उनीहरुले स्वयम्भू, बबरमहल, कीर्तिपुर, कालोपुल, रातोपुल, डिल्लिबजार, चुच्चेपाटी, बानेश्वरमा पुगेर राहत सामाग्री वितरण गरेको अनेरास्ववियूका नेता सुदेश पराजुली जानकारी दिए ।

यसैगरी अर्का नेता नारायण घर्तीले पनि समस्यामा परेका विद्यार्थीलाई राहत वितरण गरिएको जानकारी दिए । उनका अनुसार अहिलेसम्म एक हजार भन्दा बढी अखिलका तर्फबाट राहत वितरण गरिएको छ । समस्या परेका विद्यार्थीलाई अहिले पनि राहत वितरण गरिएको जनाए । अखिलले १५ केजी चामल। दुई केजी दाल र एक लिटर तेल उपलब्ध गराउदै आएको छ ।

Leave A Reply

Your email address will not be published.