स्याङ्गजामा लकडाउन फितलो, मानिसहरु बाहिर

0

१६ वैशाख, पोखरा

। स्याङजामा पछिल्लो केही दिनयता लकडाउन उल्लंघन गर्ने क्रम बढेको छ । सरकारले अत्यावश्यक काम र अस्पतालमा आकस्मिक उपचार लिनबाहेक घरबाहिर ननिस्कन अनुरोध गरे \

पनि सडकमा बाक्लो संख्यामा मानिसहरु निस्कने तथा हिडिरहेको छन् । सरकारले लकडाउनको अवधि बढाएर वैशाख २५ गतेसम्म पुर्याएको छ, तर सडकमा चेकिङ फितलो भएको मौका छोपर मानिसहरु काम विशेष तथा घरमा बस्दा दिक्क लागेर बाहिर बाटो खुल्ला ठाउहरुमा खुलेआम हिडिरहेको छ ।

कोही काम विशेषले त कोही इभिनिङ्ग वाकको बाहानामा खुल्ला डाउ सडकहरुमा निस्कीरहेको छ । यो अवस्थाले भोलिका दिनमा समस्या नल्याउला भन्न सकिदैन । त्यसैले सम्बन्धित निकायले जनताको अत्यावश्यक बस्तुको सहज रुपमा पुर्ति तथा समस्या समाधान र लकडाउनलाई पूर्ण रुपमा सफल बनाउन सके स्याङ्गजा जिल्ला सुरक्षित रहनेछ ।

Leave A Reply

Your email address will not be published.