मगर संसार फोटो ग्यालरी पेजबाट सहयोग जुटाएको रकम हस्तान्तरण

0

२०७६ फगुन १३ गते मंगलबार
हुम बहादुर च्ह्याक्ली तमु
समाजिक संजाल फेसबुक पेज मगर संसार फोटो ग्यालरी पेज र नेपाल मगर संघ विरुवा गाउँपालिका द्धारा स्याङ्गजा जिल्ला विरुवा गाउँपालिका–४ निवासी पदम आले मगर रुखबाट खसेर टाउकोमा गहिरो चोट लागी अप्रेसन गर्न आर्थिक अवस्था कम्जोर भएको विरामीलाई आज १६५७६० अक्षरुपी एक लाख पैसठ्ठी हजार सात सय साठी रुपैया रकम र नेपाल मगर संघ विरुवा गाउँपालिकाबाट ६००५ अक्षरुपी छ हजार पाँच रुपैया गरी जम्मा १७११७६५ रमक २०७६ फाल्गुण १३ गते मगर संसार ग्यालरी पेजका एडमीन शान्ती राना मगर द्धारा नेपाल मगर संघ विरुवा गापाको अध्यक्ष खड्ग बहादुर राना, सचिव सुन्दर थापा मगर लगायत अन्य समाजसेवीहरुको उपस्थितीमा हस्तान्तरण गरिएको छ ।


मगर संसार फोटो ग्यालरीका संस्थापक रुपन्देही जिल्ला देवदह हाल दक्षिण कोरियामा कार्यरत अनिल लामिछानेको विशेष पहलमा मगर संसार ग्रुप पेजको एडमिनहरुको सहकार्य गरी माघ १८ गते देखी फागुन ४ गते सम्म ३ बजे सम्म चार जिल्लाका ५ विरामी बचाउ अभियान, समाजिक सञ्जाल मार्फत नेपाली रु ८२८८०० अक्षरुपी आठ लाख अठ्ठाइस हजार आठ सय रुपैया रकम संकलन भएको अभियान्ता अनिल लामिछाने मगरले जानकारी गराएको छ । उक्त उठेको सहयोग रकम पाँच विरामीहरुलाई हस्तान्तरण गरिने छ । माघ १८ गते देखी सुरु भएको उक्त अभियान फागुन ४ गते आइतबार साझ ३ बजे सम्म सञ्चालन गरिएको थियो । आर्थिक अवस्था कम्जोर भएका विरामीहरु, दुवै मृगौला फेल भएका युवराज फाल मगर स्याङ्जा, इलामका रगतको खरावीले दुवै खुट्टा गुमाएका बसन्त पुलामी मगर, स्याङ्गजा विरुवाका पदम पुलामी मगर, सिन्धुलीका अपाङ्ग विमल थापा मगर, मकवानपुरकी समीरा थापा मगरलाई उक्र उठेको रकम बराबर रुपमा पदम पुलामी मगरलाई हस्तान्तरण गरेसंगै समय अनुकुल मिलायर आगमी दिनमा बाँकी विरामीलाई पनि हस्तान्तरण गरिने जानकारी नेपाल मगर संघ विरुवा गाउँपालिका सचिव टोप बहादुर थापा (सुन्दर) ले गराएको छ ।

Leave A Reply

Your email address will not be published.