गाबु डाँडा च्यु ल्होसार मेला २०७६ भव्यताका साथ सम्पन्न

0


पौष १७, पोखरा
हुम बहादुर तमु (च्हाक्ली)
प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु, भन्ने मुल मन्त्रका साथ स्याङ्गजाको विरुवा गाउँपालिका–२ टोल नं. ४ गाबु डाडामा तमुहरुको महान पर्व ल्होसारको अवसरमा श्री कमल चक्र युवा क्लबले आफ्नो स्थापना कालको २५ औ बार्षिकोत्सव (रजत जयन्ती) को अवसरमा गाबु डाँडा च्यु ल्होसार मेला २०७६ भव्य र सभ्य रुप्मा सम्पन्न भएको छ ।

पौष १२ गते देखी सुरु भएको मेलामा १४ र १५ गते विशेष औपचारी कार्यक्रम रहेको थियो । औपचारी कार्यक्रममा बहुप्रतिभाका धनि चर्चित हास्य कलाकार दिपक थापामगर, गायिकाहरु मञ्जु विक, रेसम थापा, मनिषा गुरुङ्ग, स्थानिय कलाकार सुमन गुरुङ्ग, को बेजोड प्रस्तुती रहेको थियो भने क्लबका सदस्यहरुको आकर्षक संस्कृतिक नृत्यहरु पनि प्रस्तु गरिएको थियो ।

त्यस्तै १५ गते ल्होसारका दिन संयोजक योगेन्द्र गुरुङ्गको सभापतित्वमा प्रमुख अतिथि प्रदेश सभा सदस्य माननिय मिन प्रसाद गुरुङ्गको प्रमुख आतिथ्यतामा विशेष अतिथि संविधान सभा सदस्य टेकु नेपाली, नेकपा प्रदेश कमिटी सदस्य शैलेन्द्र घिमिरे, विरुवा गा.पा अध्यक्ष चुन प्रसाद शर्मा अतिथिहरु वडा अध्यक्ष तथा वडा प्रतिनिधिहरु लगायत विभिन्न संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । औपचारीक कार्यक्रममा प्रमुख अतिथि माननिय मिन प्रसाद गुरुङ्गद्धारा पानसमा दियो बाली समुद्घाटन गरिएको थियो भने क्लबको २५औ बार्षिकोत्सव (रजत जयन्ती) को अवसरमा प्रकाशन गरिएको स्मारिका प्रमुख अतिथिबाट विमोचन गरिएको थियो । तमुहरु पर्व ल्होसार १२ ओटा वर्गहरु मध्ये प्रत्ये बर्गा सर्ने ल्हो (वर्ग) यस वर्ष गएको वार्ग (फो ल्हो) बयबृद्ध बुवा खिम बहादुर गुरुङ्गलाई पच्यु खड्क बहादुर गुरुङ्गले रुपा र प्रमुख अतिथिद्धारा टोपी लगाई विदाई गरिएको थियो भने च्यु ल्हो बयबृद्ध आमा तिलकुमारी गुरुङ्गलाई सोही अनुसार दोसल्ल ओढाई स्वगत गरिएको थियो । उक्त औपचारी कार्यक्रममा भु.पू. सचिव विष्णु प्रसाद गुरुङ्गले सञ्चालन गरेको थियो भने क्लबका अध्यक्ष हुम बहादुर गुरुङ्गको स्वगत मन्तव्य रहेको थियो । औपचारीक कार्यक्रम पश्चात सांगीतिक एवं साँस्कृतिक कार्यक्रम बेजोड प्रस्तुतीले खेल प्रेमी, संगित प्रेमी अपस्थित दर्शकहरुलाई भरपुर मनोरन्जन दिलाएको थियो । स्व.मेख बहादुर थापा र तोरण गुरुङ्ग स्मृति पुरुष भलिबल खेल १२ गते देखी सञ्चालन भई १६ गते सम्पन्न भएको थियो । १२ टिमको सहभागितामा बाल कन्य युवा क्लब विरुव प्रथम र युनाइटेड युवा क्लब खाली द्धित्तिय स्थान प्राप्त गर्न सफल भएकोे थियो । प्रतियोगितामा विजेताले रु ५५ हजार उपविजेताले रु ३५ हजार , सिल्ड मेडल प्रमाणपत्र प्राप्त गरेको थियो भने भेट्रान्स भलिबलमा मोचाबारीले उपाधि चुमोको थियो । मेलामा लोपोन्मुख स्थानिय रोटेपिंङ्ग, सांस्कृति घाटु, स्थानिय कृषी तथा अर्गानीक परिकारहरुको प्रदर्शंन तथा व्यवस्था गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.