गाबूडांडा ल्होसार मेला २०७६ सम्पन्न

0

तुल्सी मिडिया ,पोखरा
प्रविन केसी

तमुहरुको महान पर्ब ल्होसारको अवसर पारेर कमलचक्र युवा क्लब गाबूडांडाले ल्होसार मेला २०७६ सम्पन्न गरेको छ । बिरुवा गाउँपालिका वडा २ गाबूडांडा स्थित,स्थापनाकाल देखिनै सक्रिय रुपमा अघि बढेको श्री कमल चक्र युवा क्लबले आफ्नो २५ औं बार्षिकउत्सब तथा रजत जयन्तिको अबसरमा गाबूडांडा ल्होसार मेला २०७६को आयोजना गरेको थियो ।

पौष ११ गते देखि आरम्भ भएको मेलामा पौष १५ गते बिशेष गरि ल्होसार पर्वको दिनमा भब्य रुपमा औपचारिक कार्यक्रम सहित मेला सम्पन्न भएको थियो ।कार्यक्रम गण्डकी प्रदेशका माननीय एबम गण्डकी प्रदेश सभा सदस्य मिनप्रसाद गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने कार्यक्रमको बिशेष अतिथिको रुपमा नेकपा गण्डकी प्रदेश सदस्य शैलेन्द्र घिमिरे ,अतिथिहरु संबिधान सभा सदस्य टेकु नेपाली,बिरुवा गाउँपालिका प्रमुख चुनप्रसाद शर्मा ,नेकपा बिरुवा गाउँपालिका प्रमुख नारायण थापा,नेकपा जिल्ल्ला कमिटि सदस्य तिल बहादुर गुरुङ ,राष्ट्रिय युवा संघ स्यांग्जाका संयोजक थमन गुरुङ ,सहकारी संघ स्यांग्जाका कोषाध्क्ष्य शिब वाग्ले ,बिरुवा गाउँपालिका वडा २ का वडा अध्क्ष्य बुद्ध बहादुर आले , वडा न २ कांग्रेस सभापति खड्ग बहादुर गुरुङ,बिरुवा गाउँपालिका वडा २ ,४ नम्बर टोलका संयोजक कर्ण बहादुर गुरुङ लगायत स्थानिय जनप्रतिनिधि एबम समाजसेबीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि मिन प्रसाद गुरुङ सहित ,शैलेन्द्र घिमिरे ,टेकु नेपाली ,चुनप्रसाद शर्मा ,शिब वाग्ले ,थमन गुरुङ लगायतले बोलेका थिय।प्रमुख अतिथिले ल्होसारको शुभकामना व्यक्त गर्दै समाज परिबर्तनमा युवाहरुको उल्लेखनीय भूमिका हुन्छ भन्दै युवा क्लबलाई आगामी दिनहरुमापनि आफ्नो संस्कृति चिनारीलाइ जोगाइराख्दै ,समाजको हरेक क्षेत्रको विकास र समृद्धिको निम्ति सबै जना लाग्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा रास्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकार एबम स्थानिय कलाकारहरुको प्रस्तुतिले दर्शकहरुलाई मनोरंजन सहित झुमाएका थिए ।कलाकारहरु ओम गुरुङ ,मंजु बिक ,दिपक थापा मगर ,प्रिया गुरुङ ,उषा गुरुङ ,मनिषा गुरुङ ,सुमन गुरुङ ,रेशम मगर ,खिम रेशमी मगर लगायतका कलाकारहरुले बेजोड प्रस्तुति राखेका थिए भने क्लबका सदस्यहरु एबम स्थानीय नबकलाकारहरुले संस्कृति झल्कने नृत्य प्रस्तुत गरेका थिय ।

कार्यक्रमको अन्य आकर्षणको रुपमा भलिबल प्रतियोगिता एबम स्थानिय कृषि प्रदशनी रहेको थियो साथै क्लबले हराउदै गएको लोपोन्मुख रोटें पिङ्ग पनि निर्माण गरेको थियो ।
ल्होसार मेला २०७६ को संयोजक योगेन्द्र गुरुङले सभापतित्व ग्रहड गरेको कार्यक्रमको संचालन प्रशान्त गुरुंगले गरेका थिए भने स्वागत मन्तब्य क्लबका अध्क्ष्य हुम बहादुर गुरुङले गरेका थिए ।

Leave A Reply

Your email address will not be published.