भलिबल खेलको समुद्घाटन
तमुहरुको महान पर्व च्यु ल्होसार तथा श्री कमल चक्र युवा क्लबको २५औ बार्षिकोत्स(रजत जयन्ती)को पावन अवसरमा विरुवा गाउँपालिका–२, गाबुडाँडामा गाबु डाँडा च्यु ल्होसार मेला २०७६ को स्व. मेख बहादुर थापा र तोरण गुरुङ्ग स्मृति पुरुष भलिबल प्रतियोगिता समुद्घाटन भएको छ । समुद्घाटन खेलमा विरुवा गाउँपालिका वडा नं–२, टोल नं ४ का संयोजक कर्ण सिं गुरुङ्गद्धारा राष्ट्रिय रेफ्रि लिल गुरुङ्ग र अनिल रानालाई बल हस्तान्त्रण गरि समुद्घाटन गरिएको थियो ।

समुद्घाननको क्रममा गाउँका बुद्धिजिवि, सुरक्षा कर्मीका प्रतिनिधि द्धारा खेलाडीहरुलाई परिचय गरिएको थियो । समुद्घाटन खेल श्री कमल चक्र युवा क्लब र युनाईटेड युवा क्लब खाली विच भएको खेलमा युनाईटेड युवा क्लब खालीले सोझो सेटमा विजय हासिल गरेको छ । मेलामा भोलिदेखी भलिबल प्रतियोगिताका साथै राष्ट्रिय कलाकारहरुद्धारा संगितिक कार्यक्रम प्रस्तुत गरिने संयोजक योगेन्द्र गुरुङ्गले जानकारी दिनुभएको छ ।