१० गते माधब नेपाल पोखरामा साथमा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति

0

तुल्सी मिडिया ,पोखरा
बज्रराज अधिकारी

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्ध्यार्थी युनियन (अनेरास्ववियू ) पृथ्वी नारायण क्याम्पसले पौष १० गते बिहिबार नब आगन्तुक बिद्ध्यार्थीहरुलाई स्वागतको निम्ति स्वागत तथा बृहत सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ ।

नेपाल सरकारका पूर्व प्रधानमन्त्री एबम नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता माधब कुमार नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न हुने कार्यक्रममा अनेरास्ववियू केन्द्रिय संयोजक ऐन महर लगायत नेकपाका नेताहरुको उपस्थिति रहने छ साथमा राष्ट्रिय रुपमा ख्याती प्राप्त कलाकारहरुको बेजोड प्रस्तुति रहने छ ।

कलाकारहरुमा गायक तारापति सुबेदी ,जीवन दाहाल ,सुरेन्द्र गुरुङ ,कृष्ण भण्डारी ,लक्ष्मी नेपाली ,भ्वाइस अफ नेपालका बिजेता सिडी बिजय अधिकारी,नेपाल आइडल सिजन २ का फर्स्ट रनर अप बिक्रम बराल ,हास्यकलाकारहरु राजेन्द्र नेपाली ,युबराज भण्डारी ,बज्रराज अधिकारी रहेका छन् ।उक्त दिनमा भ्वाइस अफ नेपालका बिजेता सिडी बिजय अधिकारी र नेपाल आइडल सिजन २ का फर्स्ट रनर अप बिक्रम बराललाइ प्रमुख अतिथि माधब कुमार नेपालको हातबाट सम्मान गर्ने कार्यक्रम पनि रहेको छ । कार्यक्रम पृथ्वी नारायण क्याम्पसको प्राङ्गणमा १० गते बिहान ८ बजे बाट सुरु हुने छ ।

Leave A Reply

Your email address will not be published.