रजत जयन्तीमा बृहत ल्होसार मेला २०७६

0


मंसिर ९, पोखरा
हुम बहादुर गुरुङ्ग (च्हाक्ली तमु)
स्याङजाको विरुवा गाउँपालिका वडा नं २ गाबु डाडामा बृहत तमु ल्होसार मनाउने भएको छ । विगतको वर्षहरुमा झै यस वर्ष पनि श्री कमल चक्र युवा क्लबको २५ बार्षिकोत्सव (रजत जयती) तमु ल्होसारको अवसर पारी बृहत रुपमा मनाउने भएको छ । प्रकृतिबादी तमुहरुको मुख्य चार्ड ल्होसार लाई अझ विशेष बनाउन तथा गाबु डाडाँ गाउँलाई विश्व सामु चिनाउई आन्तरिक तथा बाह्य पर्यटन भित्राउने उद्देश्यका साथ भव्य रुपमा मनाउन गईरहेको छ । जसले गर्दा गाउँको आर्थिक, भौतिक तथा नैतिक रुपमा टेवा पुग्ने विश्वास लिएको छ ।


बृहत ल्होसार मेला २०७६ लाई भव्य र सभ्य रुपमा मनाउनका लागि सम्पूर्ण गाउँबासी, विभिन्न संघसंस्था एक भएर लाग्ने बृहत छलफलमा निर्णय पारित गरिएको छ । मेलाले समुदायको परम्परा, भाषा, धर्म कला, संस्कार, संस्कृति आदिलाई संरक्षण गराउने तथा ऐतिहाँसको रुपमा अभिलेख राखी आउने पिडिलाई बुझाउनेछ । मेलामा स्थानिय स्थानिय परिकार, कृषि उत्पादन, पुराना तथा ऐतिहाँसिक सामाग्री, गुरुङ्ग भेषभुषा, भाषा आदि प्रदर्शनी गरिने छ । जसले जसले गर्दा आर्थिक तथा समाजिक संस्कृतिको विकास हुनेछ ।


मेलामा खर्च कटाएर बाँकी भएको आम्दानिले आवश्यक सामाजिक कार्यमा खर्च गरिने छ । गाउँको धार्मिक पहिचान धाराधीमा अवस्थित चक्र देवी, कमला देवी, वरह तथा अन्य मन्दिरको निर्माण मोटरबाटो तथा गोरेटो बाटो निर्माण, सामाज भवान निर्माणमा सहयोग गरिनेछ । त्यसैले सम्पूर्ण गाउँबासी, छिमेकी गाउँबासी, आफन्तजन साथीभाई, सरकारी तथा गैरसरकारी कार्यलय सम्पूर्णलाई आर्थिक, भौतिक तथा नैतिक रुपमा सहयोको अपिल विभिन्न माध्यमबाट गरिएको जानकरी गराउनुभएको छ ।

Leave A Reply

Your email address will not be published.